Events

निशुल्क स्वास्थ्य शिविर तथा निशुल्क आँखा परीक्षणमा स्काउट स्वयंसेवक परिचालन

13March, 2023

कान्ति स्काउट दल श्री कान्तिराज्यलक्ष्मी माध्यामिक विधालय, कपडा बैङ्क पहलमानपुर तथा स्वस्तिक हस्पिटल प्रा. लि. धनगढीको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर फाल्गुन २७ गते सम्पन्न भएको छ । स्वस्तिक हस्पिटलका डा. उत्सव श्रेष्ठ, डा. मधु तिमिल्सिना, डा.सन्तोष के.सी., डा.आशिष जोशी लगायतका डाक्टरले ७८० जना विभिन्न रोगको स्वास्थ्य परीक्षण गर्नु भएको थियो । श्री कान्तिराज्यलक्ष्मी माध्यामिक विधालयमा सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा श्री पहलमानसिंह मेमोरियल स्काउट दल लगायत घोडाघोडी नगर स्काउटका ६४ जना विद्यार्थीहरुले स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए । उक्त कार्यक्रममा स्काउट मास्टर तथा स्थानीय स्काउट सदस्यता वृद्धि संयोजक श्री भीमराज अम्मै, कपडा बैङ्क पहलमानपुरका सञ्चालक तथा सामाजिक अभियान्ता श्री निर्मल मिश्र‌ तथा स्वस्तिक हस्पिटल प्रा. लि. का सञ्चालक श्री दिपेन्द्र तिवारीको सहभागिता रहेको थियो ।
साथै मालिकार्जुन सेवा समितिले घोडाघोडि नगरपालिका वडा नं १० कैलालीको कार्यालयले सञ्चालन गरेको आँखा परीक्षणमा श्री कान्ति ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध ८ जना बालबालिकाहरुले स्वयंसेवकको भुमिका निर्वाह गरेका छन् ।

CAN Info-Tech conference अवलोकन

13March, 2023

Computer Association of Nepal कैलाली शाखाको आयोजनामा सञ्चालनमा आएको CAN Info-Tech 2nd Sudurpachim information Technology Entertaiment conference 2023 मा पञ्चोदय ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध २३ जना बालबालिकाहरु अवलोकन गरेका छन् ।प्रबिधिको बारेमा नागरिकलाई जानकारी दिने र व्यापार प्रबद्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको मेलामा Technology सम्बन्धि विभिन्न जानकारीमुलक सुचनाका साथै सुदूरपश्चिमका विभिन्न विधालयका विधार्थिहरु बनाएका इलेक्ट्रिक बाईक, कार जस्ता विभिन्न सामग्रीहरु प्रदर्शनमा राखिएका थिए ।

 

 

बृहत् रक्तदान कार्यक्रम सम्पन्न

13March, 2023

नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको श्री कान्तिराज्यलक्ष्मि माध्यामिक विधालयको कान्ति स्काउट दल तथा नेपाल जुनियर/ युवा रेडक्रस सर्कलको संयुक्त आयोजनामा १ दिने वृहत रक्तदान कार्यक्रम घोडाघोडि नगरपालिका, पहलमानपुर-१० कैलालीको चौराहमा सम्पन्न भएको छ । बृहत् रक्तदान कार्यक्रमको मुल नारा”मेरो रगतले कसैको जीवन बच्छ भने किन रक्तदान नगर्ने” रहेको थियोे । उक्त रक्तदान कार्यक्रमको अध्यक्षता कान्ति स्काउट दलका अध्यक्ष तथा विधालयका प्रधानाध्यापक श्री उमाकान्त मिश्रले गर्नु भएको थियोे भने नगरप्रमुख तथा स्थानीय स्काउट संरक्षक श्री खडक रावतको प्रमुख आथित्यमा मिति २०७९ माघ १४ गते बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम सञ्चालन स्काउट मास्टर तथा घोडाघोडि नगर स्काउट सदस्यता वृद्धि संयोजक श्री भीमराज अम्मैले गर्नु भएको थियो । कार्यक्रममा रोभर लिडर श्री दिक्षान्त भट्ट ,घोडाघोडि नगरपालिकाका स्काउट मास्टरहरु तथा विभिन्न ट्रुपमा आबद्ध बालबालिकाहरुले सहजता प्रदान गर्नु भएको थियोे । रक्तदान कार्यक्रममा सहभागि ४५ जनाले रक्तदान गर्नु भएको थियो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धनगढी शाखाको प्राविधिक टोलीले रगत सङ्कलन गरेको थियो ।

दिक्षान्त तथा पद गोपनियताको सपथ ग्रहण कार्यक्रम र स्थानीय स्काउट संयोजकहरुलाई एकदिने अभिमुखिकरण तालिम सम्पन्न

12July, 2022

मिति २०७९/०३/२३ गते प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको सहयोगमा नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेश, धनगढीको आयोजनामा माननीय सामाजिक बिकास मन्त्री एवम् प्रदेश प्रमुख स्काउट श्री गोबिन्द राज बोहरा ज्यूलाई दिक्षान्त तथा पद गोपनियताको सपथ ग्रहण कार्यक्रम र सुदूरपश्चिम प्रदेशका ८८ वटै पालिकाका स्थानीय स्काउट संयोजकहरुलाई एकदिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । कार्यक्रममा मानवीय सामाजिक बिकास मन्त्री श्री गोबिन्द राज बोहरा, माननीय राज्य मन्त्री श्री टेक बहादुर रैका आउजी, निमित्त प्रदेश सचीव सामाजिक बिकास मन्त्रालय श्री गोबिन्द पोखरेल, शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत श्री जयदेव महरा, प्रदेश स्काउट तदर्थ समिति सदस्य श्री राजकुमारी महत्ताै, पुर्व राष्ट्रिय सह-सचिब तथा पुर्व कञ्चनपुर जिल्ला आयुक्त श्री चन्द्रकला पन्त, पुर्व बाजुरा जिल्ला आयुक्त श्री जहर सिंह थापा, पुर्व कैलाली जिल्ला आयुक्त श्री काशी राम ढुंगाना, श्री तेज राज पन्त र श्री सिताशरण शाँ, राष्ट्रिय आधारभूत स्काउट ट्रुप मास्टर श्री प्रेमा जोशी र श्री बसन्ती भण्डारी, धनगढी नमूना क्र्यू मास्टर श्री राधा बिष्ट, राष्ट्रिय आधारभूत स्काउट ट्रुप, धनगढी नमूना क्र्यू, धनगढी ओपन स्काउट क्र्यू मास्टर श्री दिलिप राज भट्ट र श्री अमृत जंग शाही, स्थानीय पालिका स्काउट संयोजक ज्यूहरु, पत्रकार र स्काउटरहरुको उपस्थिति रहेको थियो ।

 

 

दीक्षान्त,पद तथा गोपनियताको सपथ ग्रहण समारोहका साथै ४९६ औ बि. टि. सि. स्काउट आधारभूत तालिम सम्पन्न

29June, 2022

असार १३,
स्थानीय स्काउट तदर्थ समिति घोडाघोडि नगरपालिकाको आयोजनामा सञ्चालित ४९६ औ स्काउट आधारभुत तालिम मिति २०७९ असार ८ गते सञ्चालन भएको तालिम असार १३ गते श्री राष्ट्रिय माध्यमिक विधालय,तारानगरको सभाहलमा समापन भएको छ । बि.टि.सि. स्काउट आधारभूत तालिम समापन समारोहमा नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक लोक बहादुर भण्डारी प्रमुख अथिति रहनु भएको थियो भने विशिष्ट अथिति घोडाघोडी नगरपालिकाका नगर प्रमुख तथा स्थानीय स्काउट संरक्षक खडक बहादुर रावत, उपप्रमुख तथा स्थानीय प्रमुख स्काउट गुलिया कुमारी चौधरी, अथिति प्रशासकिय अधिकृत दिपक कुमार आचार्य, उपसचिव खगेन्द्र बहादुर सिंह, सुदूरपश्चिम प्रदेश तदर्थ समितिका सल्लाहकार, राष्ट्रिय सहायक प्रशिक्षक तथा ४९६ औ बि.टि. स्काउट आधारभुत तालिमका कोर्ष लिडर जहरसिंह थापा, कैलाली जिल्ला पुर्व आयुक्त, राष्ट्रिय सहायक प्रशिक्षक काशी राम जैसी, वि. नि. तथा सदस्य सचिव उमेश राज रेग्मी, बागमती तदर्थ समिति सदस्य सुदर्शन बजगाई, लेखा अधिकृत हरिश चन्द्र धामी, श्री राष्ट्रिय माध्यमिक विधालयका प्रधानाध्यापक सुबोध कुमार शर्मा, काउन्सिलर सुरेश उपाध्याय, जयराम भाट, जंग बहादुर चौधरी, चन्द्र बहादुर ऐडि, स्थानीय तदर्थ समितिका पदाधिकारीहरु,स्काउटर,रोबर,रेञ्जर लिडर,क्वाटर मास्टर खेम कठायत, पत्रकारहरु, सहभागी प्रशिक्षार्थी शिक्षकहरु, प्रदेशका कर्मचारीहरुको उपस्थिति रहेको थियोे । घोडाघोडि नगरप्रमुख तथा स्थानीय स्काउट संरक्षक र उपप्रमुख तथा स्थानिय प्रमुख स्काउट ज्युहरुलाई नेपाल स्काउटका राष्ट्रिय तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीले दिक्षान्त गराई पद तथा गोपनियताको सपथ खुवाउनु भएको छ । घोडाघोडि नगरपालिकाले यस तालिमबाट २८ जना स्काउट मास्टर तयार गरेको छ ।

विशिष्ट अथिति घोडाघोडी नगरपालिकाका नगरप्रमुख तथा स्थानीय स्काउट संरक्षक ज्युले घोडाघोडी नगरपालिकालाई देशकै पहिलो नगर बनाउन स्काउटलाई नगरपालिकाको साथ र सहयोग रहनेमा जोड दिनुभयो साथै स्काउटिङ्गको माध्यामबाट बालबालिकाहरुलाई अनुशासित बनाउन सम्पूर्ण स्काउट मास्टरहरुलाई निर्देशनका आआफ्नो विधालयमा स्काउट ट्रुप सञ्चालन गर्न निर्देशन दिनु भयो र वहाहरुलाई नगरपालिकाको साथ सहयोग रहने कुरा बताउनु भयो ।

नेपाल स्काउटको ७१औ स्थापना दिवस विभिन्न कार्यक्रमका बिच सम्पन्न

20June, 2022

असार ५,
नेपाल स्काउटको ७१ औ स्थापना दिवसमा नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशको आयोजनामा शिवपुरी धाम र वन्यजन्तु कार्यालयको परिषद्मामा वृक्षारोपण गरि स्काउट दिवस सम्पन्न गरेको छ । नेपाल स्काउटका सहायक प्रशिक्षक,पुर्व जिल्ला आयुक्त,वन उपभोक्ता समिति अध्यक्ष ,सदस्यहरु,रोबर,रेन्जर लिडर,स्काउट मास्टर, राष्ट्रिय स्काउट ट्रुप र नमुना स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरु,स्वयंसेवीहरुको उपस्थितिमा ७० औ स्थापना कालको विदाईका लागि ७० वटा बिरुवा ती क्षेत्रमा वृक्षारोपण गरि सुसम्पन्न गरेका छौ ।

७१ औ स्काउट स्थापना दिवसको अवसरमा बडिमालिका नगरपालिका बाजुरामा स्थानीय स्काउट तदर्थ समितिको आयोजनामा बडिमालिका बजार परिषदमा र्यालि, जनचेतनामुलक कार्यक्रम,सरसफाइ तथा सास्कृँतिक कार्यक्रम गरि कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा स्थानिय स्काउट संरक्षक तथा नगरप्रमुख, स्थानीय प्रमुख स्काउट तथा उपप्रमुख,विभिन्न वडाका वडा अध्यक्ष,स्थानीय स्काउट तदर्थ समितिका पदाधिकारीहरु, स्काउटर, स्काउट ट्रुपमा आबद्ध बालबालिकाका, श्री मालिमा नमुना मा. वि. परिवारका साथै विधालयमा अध्ययनरत विधार्थिको उल्लेख सहभागितामा स्काउटको ७१ औ स्थापना दिवस सम्पन्न गरेका छन् ।

दोधाराचादँनी नगरपालिका,कञ्चनपुर स्थानीय स्काउट तदर्थ समितिको आयोजनामा नेपाल स्काउटको ७१ औ स्थापना दिवस भव्यताका साथ मनाएका छन् । यस अवसरमा भानु बहुमुखी क्याम्पस परिषद सरसफाई तथा वृक्षारोपण ,इलाका प्रहरी कार्यालय परिषदमा ४० वटा बोटविरुवा वृक्षारोपण गरेका छन् ।

भिमदत्त नगरपालिका,कञ्चनपुरमा नेपाल स्काउटको ७१औ स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमका साथै शिवधाम गुरुकुल शिक्षालयमा अध्ययन गर्ने बालबालिकाहरुलाइ महेन्द्रनगर स्काउट ट्रुप, इन्टरनेशनल पब्लिक क्र्युमा आबद्ध बालबालिका र विधालयको सहयोगमा शिक्षालयका बालबालिकाहरुलाई कापी ,कलम र खाजा वितरण गरि स्काउट स्थापना दिवस मनाएका छन् ।

नेपाल स्काउटको ७१औं स्थापना दिवसको अवसरमा स्थानीय स्काउट डिलासैनी गाउपालिका बैतडिको धामिगाउ मा बृक्षारोपण गर्नुका साथै स्काउटको बारेमा बालबालिकाहरुलाई प्रशिक्षण गर्दै ७१ औ स्थापना दिवस लाई भब्यता का साथ मनाएको छ।

स्थानीय स्काउट कार्यालय शुक्लाफाँटा नगरपालिका, कञ्चनपुरद्वारा नेपाल स्काउटको ७१औ स्थापना दिवसकाे अवसरमा आयाेजित वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । स्थापना दिवसलाई प्रभावकारी बनाउन स्थानीय तहका नगर प्रमुख, उपप्रमुख, विभिन्न वडाका अध्यक्ष, राजनीतिक नेतृत्व , वजार व्यवस्थापन समिति ,सामाजिक अभियन्ता, समाजसेवी,प्रहरी प्रशासन,स्काउटर,पत्रकारहरु,ट्रुपमा आबद्ध बालकालिकाहरुको उल्लेख्य सहभागितामा बजार क्षेत्र तथा मन्दिर परिषद सरसफाइ गरि स्वच्छ वातावरण निर्माणमा सहयोग पुगेको छ ।

महाकाली नगरपालिका स्थानीय स्काउट तदर्थ समितिले ७१ औ स्थापना दिवस स्काउट ट्रुपमा आबद्ध बालबालिहरुको सहभागितामा र्यालि तथा सरसफाइ कार्यक्रम गरेको छ । जसमा स्थानीय स्काउट तदर्थ समिति संयोजक,पदाधिकारीहरु,रोवर,रेन्जर, स्काउट मास्टरहरुको सहभागीता रहेको थियो ।

टिकापुर
७१ औ स्थापना दिवसको अवसरमा हिमालय स्काउट ट्रुपमा आबद्ध बालबालिहरु,स्काउट मास्टर, विधालय परिवारले सरसफाइ,वृक्षारोपण तथा 3L program मा सहभागी स्काउट बालबालिकाहरुलाई प्रमाण पत्र वितरण गरि स्थापना दिवस मनाएको छ ।

स्यानिटरी प्याड वितरणका साथै घरेलु हिंसा र छाउपडि प्रथा बारे जनचेतनामूलक कार्यक्रम

2May, 2022

नेपाल स्काउट सुदूरपश्चिम प्रदेश स्थानिय स्काउट तदर्थ समिति महाकालि नगरपालिका,दार्चुला संयोजक श्री डम्बर बहादुर सिंहले स्यानिटरी प्याडको व्यवस्था गरि कैलासपति व्वाय,गर्ल क्र्युमा आबद्ध स्काउटरको सक्रिय सहभागिता र YESS Girls Moment मा सहभागी स्काउटर सर्मिला मन्यालको नेतृत्वमा महाकालि नगरपालिका भित्रका वडा नं.१,४,५ मा रहेका समुदायमा स्यानिटरी प्याड बैशाख १३ देखि १५ गते सम्म वितरण गरि ,घरेलु हिंसा र छाउपडिको प्रथाको अन्त्यको लागि जनचेतनामुलक कार्यक्रम निरन्तर चलिरहेको छ ।

महिला हिंसा र छाउपडि प्रथाको अन्त्यको लागि जनचेतनामुलक कार्यक्रम सुभारम्भ गरेको स्थानिय स्काउट तदर्थ समिति संयोजक श्री डम्बर बहादुर सिंहले बताउनु भएको छ । यस्ता किसिमका जनचेतनामूलक कार्यक्रमले नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको मुहार छिट्टै फेरिने कुरामा विस्वस्थ छौ । महिनावारी भएको समयमा के के गर्न हुन्छ, के के गर्न हुदैन, महिलालाई घरेलु हिंसाबाट कसरी बचाउने, घरेलु हिंसा नहुन के के गर्ने, कसैले घरेलु हिंसा गरेमा वा गर्न लगाएमा कुन कुन निकायमा गएर उजुरी दिने कुरा स्काउटर सर्मिला मन्यालले समुदायका महिलाहरुलाई स्पष्ट पारेकि छिन् ।

स्काउट आधारभुत तालिम सम्पन्न

1February, 2022

नेपाल स्काउट राष्ट्रिय तालिम केन्द्र ककनिमा २०७८ पौष १५ गतेबाट सुरु भएको
स्काउट आधारभुत तालिम पौष २१ गते
पूर्ण रुपमा सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेशका ८८ वटै पालिकाबाट उपस्थित हुनुभएका
२७२ जना शिक्षक स्काउट मास्टर बन्नु भएको छ ।
“एक घर एक स्काउट अभियान”सुरू भएको छ ।
अबका दिनमा स्काउटका विभिन्न तालिम लिएका स्काउटरहरु
सक्रिय भई विधालय र समुदायमा
ट्रुप, क्र्यु खोलेर स्काउटिङ्ग शिक्षालाई निरन्तरता दिनेछन् ।