Sudurpashchim

निशुल्क स्वास्थ्य शिविर तथा निशुल्क आँखा परीक्षणमा स्काउट स्वयंसेवक परिचालन

कान्ति स्काउट दल श्री कान्तिराज्यलक्ष्मी माध्यामिक विधालय, कपडा बैङ्क पहलमानपुर तथा स्वस्तिक हस्पिटल प्रा. लि. धनगढीको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर फाल्गुन २७ गते सम्पन्न भएको छ । स्वस्तिक हस्पिटलका डा. उत्सव श्रेष्ठ, डा. मधु तिमिल्सिना, डा.सन्तोष के.सी., डा.आशिष जोशी लगायतका डाक्टरले ७८० जना विभिन्न रोगको स्वास्थ्य परीक्षण गर्नु भएको थियो । श्री कान्तिराज्यलक्ष्मी माध्यामिक विधालयमा सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा श्री पहलमानसिंह मेमोरियल स्काउट दल लगायत घोडाघोडी नगर स्काउटका ६४ जना विद्यार्थीहरुले स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए । उक्त कार्यक्रममा स्काउट मास्टर तथा स्थानीय स्काउट सदस्यता वृद्धि संयोजक श्री भीमराज अम्मै, कपडा बैङ्क पहलमानपुरका सञ्चालक तथा सामाजिक अभियान्ता श्री निर्मल मिश्र‌ तथा स्वस्तिक हस्पिटल प्रा. लि. का सञ्चालक श्री दिपेन्द्र तिवारीको सहभागिता रहेको थियो ।
साथै मालिकार्जुन सेवा समितिले घोडाघोडि नगरपालिका वडा नं १० कैलालीको कार्यालयले सञ्चालन गरेको आँखा परीक्षणमा श्री कान्ति ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध ८ जना बालबालिकाहरुले स्वयंसेवकको भुमिका निर्वाह गरेका छन् ।