Sudurpashchim

नेपाल स्काउटको ७१औ स्थापना दिवस विभिन्न कार्यक्रमका बिच सम्पन्न

असार ५,
नेपाल स्काउटको ७१ औ स्थापना दिवसमा नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशको आयोजनामा शिवपुरी धाम र वन्यजन्तु कार्यालयको परिषद्मामा वृक्षारोपण गरि स्काउट दिवस सम्पन्न गरेको छ । नेपाल स्काउटका सहायक प्रशिक्षक,पुर्व जिल्ला आयुक्त,वन उपभोक्ता समिति अध्यक्ष ,सदस्यहरु,रोबर,रेन्जर लिडर,स्काउट मास्टर, राष्ट्रिय स्काउट ट्रुप र नमुना स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरु,स्वयंसेवीहरुको उपस्थितिमा ७० औ स्थापना कालको विदाईका लागि ७० वटा बिरुवा ती क्षेत्रमा वृक्षारोपण गरि सुसम्पन्न गरेका छौ ।

७१ औ स्काउट स्थापना दिवसको अवसरमा बडिमालिका नगरपालिका बाजुरामा स्थानीय स्काउट तदर्थ समितिको आयोजनामा बडिमालिका बजार परिषदमा र्यालि, जनचेतनामुलक कार्यक्रम,सरसफाइ तथा सास्कृँतिक कार्यक्रम गरि कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा स्थानिय स्काउट संरक्षक तथा नगरप्रमुख, स्थानीय प्रमुख स्काउट तथा उपप्रमुख,विभिन्न वडाका वडा अध्यक्ष,स्थानीय स्काउट तदर्थ समितिका पदाधिकारीहरु, स्काउटर, स्काउट ट्रुपमा आबद्ध बालबालिकाका, श्री मालिमा नमुना मा. वि. परिवारका साथै विधालयमा अध्ययनरत विधार्थिको उल्लेख सहभागितामा स्काउटको ७१ औ स्थापना दिवस सम्पन्न गरेका छन् ।

दोधाराचादँनी नगरपालिका,कञ्चनपुर स्थानीय स्काउट तदर्थ समितिको आयोजनामा नेपाल स्काउटको ७१ औ स्थापना दिवस भव्यताका साथ मनाएका छन् । यस अवसरमा भानु बहुमुखी क्याम्पस परिषद सरसफाई तथा वृक्षारोपण ,इलाका प्रहरी कार्यालय परिषदमा ४० वटा बोटविरुवा वृक्षारोपण गरेका छन् ।

भिमदत्त नगरपालिका,कञ्चनपुरमा नेपाल स्काउटको ७१औ स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमका साथै शिवधाम गुरुकुल शिक्षालयमा अध्ययन गर्ने बालबालिकाहरुलाइ महेन्द्रनगर स्काउट ट्रुप, इन्टरनेशनल पब्लिक क्र्युमा आबद्ध बालबालिका र विधालयको सहयोगमा शिक्षालयका बालबालिकाहरुलाई कापी ,कलम र खाजा वितरण गरि स्काउट स्थापना दिवस मनाएका छन् ।

नेपाल स्काउटको ७१औं स्थापना दिवसको अवसरमा स्थानीय स्काउट डिलासैनी गाउपालिका बैतडिको धामिगाउ मा बृक्षारोपण गर्नुका साथै स्काउटको बारेमा बालबालिकाहरुलाई प्रशिक्षण गर्दै ७१ औ स्थापना दिवस लाई भब्यता का साथ मनाएको छ।

स्थानीय स्काउट कार्यालय शुक्लाफाँटा नगरपालिका, कञ्चनपुरद्वारा नेपाल स्काउटको ७१औ स्थापना दिवसकाे अवसरमा आयाेजित वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । स्थापना दिवसलाई प्रभावकारी बनाउन स्थानीय तहका नगर प्रमुख, उपप्रमुख, विभिन्न वडाका अध्यक्ष, राजनीतिक नेतृत्व , वजार व्यवस्थापन समिति ,सामाजिक अभियन्ता, समाजसेवी,प्रहरी प्रशासन,स्काउटर,पत्रकारहरु,ट्रुपमा आबद्ध बालकालिकाहरुको उल्लेख्य सहभागितामा बजार क्षेत्र तथा मन्दिर परिषद सरसफाइ गरि स्वच्छ वातावरण निर्माणमा सहयोग पुगेको छ ।

महाकाली नगरपालिका स्थानीय स्काउट तदर्थ समितिले ७१ औ स्थापना दिवस स्काउट ट्रुपमा आबद्ध बालबालिहरुको सहभागितामा र्यालि तथा सरसफाइ कार्यक्रम गरेको छ । जसमा स्थानीय स्काउट तदर्थ समिति संयोजक,पदाधिकारीहरु,रोवर,रेन्जर, स्काउट मास्टरहरुको सहभागीता रहेको थियो ।

टिकापुर
७१ औ स्थापना दिवसको अवसरमा हिमालय स्काउट ट्रुपमा आबद्ध बालबालिहरु,स्काउट मास्टर, विधालय परिवारले सरसफाइ,वृक्षारोपण तथा 3L program मा सहभागी स्काउट बालबालिकाहरुलाई प्रमाण पत्र वितरण गरि स्थापना दिवस मनाएको छ ।