Sudurpashchim

बृहत् रक्तदान कार्यक्रम सम्पन्न

नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको श्री कान्तिराज्यलक्ष्मि माध्यामिक विधालयको कान्ति स्काउट दल तथा नेपाल जुनियर/ युवा रेडक्रस सर्कलको संयुक्त आयोजनामा १ दिने वृहत रक्तदान कार्यक्रम घोडाघोडि नगरपालिका, पहलमानपुर-१० कैलालीको चौराहमा सम्पन्न भएको छ । बृहत् रक्तदान कार्यक्रमको मुल नारा”मेरो रगतले कसैको जीवन बच्छ भने किन रक्तदान नगर्ने” रहेको थियोे । उक्त रक्तदान कार्यक्रमको अध्यक्षता कान्ति स्काउट दलका अध्यक्ष तथा विधालयका प्रधानाध्यापक श्री उमाकान्त मिश्रले गर्नु भएको थियोे भने नगरप्रमुख तथा स्थानीय स्काउट संरक्षक श्री खडक रावतको प्रमुख आथित्यमा मिति २०७९ माघ १४ गते बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम सञ्चालन स्काउट मास्टर तथा घोडाघोडि नगर स्काउट सदस्यता वृद्धि संयोजक श्री भीमराज अम्मैले गर्नु भएको थियो । कार्यक्रममा रोभर लिडर श्री दिक्षान्त भट्ट ,घोडाघोडि नगरपालिकाका स्काउट मास्टरहरु तथा विभिन्न ट्रुपमा आबद्ध बालबालिकाहरुले सहजता प्रदान गर्नु भएको थियोे । रक्तदान कार्यक्रममा सहभागि ४५ जनाले रक्तदान गर्नु भएको थियो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धनगढी शाखाको प्राविधिक टोलीले रगत सङ्कलन गरेको थियो ।