News

स्काउट अभिमुखिकरण सम्पन्न

13March, 2023

भिमदत्त नगरपालिका कञ्चनपुर स्थित बैजनाथ माध्यामिक विद्यालयका विधालय व्यवस्थापन समितिका पदाधिकारी प्रधानाध्यापक, शिक्षक र विद्यार्थिहरूको उपस्थितिमा स्काउट अभिमुखीकरण फाल्गुन २६ गते सम्पन्न भएको छ ।  नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक तथा सुदूरपश्चिम प्रदेश सल्लाहकार समिति सदस्य श्री जहर सिंह थापा ज्युले स्काउट अभिमुखिकरण सो विधालयमा सम्पन्न गर्नु भएको हो ।

STV Program सम्पन्न

13March, 2023

मिति २०७९ फाल्गुन २० गते श्री पञ्चोदय माध्यमिक विधालय र फाल्गुन  २६गते श्री राष्ट्रिय निम्न माध्यामिक विधालयमा  STV (STOP THE VIOLENCE) Program सम्बन्धि प्रशिक्षण स्काउट मास्टर तथा प्रदेश सहायक श्री राजेन्द्र बानियाँले पञ्चोदय ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध २३ जना बालबालिकाहरुका, राष्ट्रिय ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध विधालयका ३२ बालबालिका तथा अन्य ८ जना गरि जम्मा ४० जना बालबालिकाहरुलाई प्रशिक्षण दिनु भएको छ । विधालयका प्रध्यानाध्यापक तथा एडभान्स लिडर श्री प्रेमा जोशिको समन्वय र एडभान्स लिडर श्री बसन्ति भणडारीको प्राविधिक सहयोगमा फाल्गुन २६ गते उक्त कार्यक्रम सम्पन्न भएको छ ।

गौरीगंगा नगरपालिका-९ वनखेत कैलालीको श्री जनचेतना आधारभुत विधालय र श्री शिवालिक आधारभुत विधालयमा Stop The Violence (STV) सम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रम फाल्गुन २८ सम्पन्न भएको छ । प्रशिक्षण MToT Leader तथा स्काउट मास्टर श्री विनोद बोहरा तथा प्राविधिक सहयोग स्काउट मास्टर तथा स्थानिय स्काउट सदस्यता वृद्धि संयोजक श्री पुष्कर अवस्थिले गर्नु भएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा जनचेतना ब्वायज/ गर्ल्स स्काउट ट्रुुपका ५८ जना लगायत अन्य ४१ जना गरि जम्मा ९९ को सहभागिता रहेको थियो भने मुनाल ब्वायज एण्ड गर्ल्स स्काउट ट्रुपमा आबद्ध ५५ जना बालबालिकाहरुको सहभागिता थियो ।

“सैनिक प्रदर्शनी तथा UNITY RUN-2079″अवलोकन

13March, 2023

महाशिवरात्रि तथा २६०औँ नेपाली सेना दिवसको अवसरमा कैलालीको बोराडाडिको श्री सुदूरपश्चिम पृतना हे.क्वा.द्वारा आयोजना गरिएको विविध “सैनिक प्रदर्शनी तथा UNITY RUN-2079” मा विभिन्न स्काउट ट्रुपमा आबद्ध १३६ जना बालबालिकाहरुले सैनिक प्रदशनि अवलोकन गरेका छन् । प्रदेश स्काउट तदर्थ समिति संयोजक श्री नरेन्द्र थापाको नेतृत्वमा राष्ट्रिय प्रशिक्षक तथा प्रदेश सल्लाहकार समिति सदस्य श्री जहरसिंह थापा,प्रदेश सहायक श्री राजेन्द्र बानियाँ, स्काउट मास्टर तथा घोडाघोडि नरगरपालिका स्थानिय स्काउट सदस्यता वृद्धि संयोजक श्री भिमराज अम्मै लगायत राष्ट्रिय स्काउट ट्रुप,पञ्चोदय स्काउट ट्रुप,धनगढि नमुना स्काउट ट्रुप,कान्ति स्काउट ट्रुप,एभरेष्ट स्काउट ट्रुप,समैजि स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरुका उपस्थित रहेको थियो । उक्त प्रदर्शनी कार्यक्रम फाल्गुन १२ र १३ गते सम्म रहनेछ ।

World Thinking Day/Founder’s Day

13March, 2023

प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशका स्थानिय स्काउट कार्यालय,ट्रुपहरुले Feb 22 विश्व स्काउट सङ्गठनका संस्थापक Lord Baden Powell तथा Lady Baden Powel को शुभ जन्मदिनको अवसरमा World Thinking Day/Founder’s Day विभिन्न कार्यक्रमहरु गरि मनाएका छन् । अछामको बैजनाथ धाम, गोदावरी नगरपालिकाको समैजि विधालय,धनगढि नमुना विधालय क्षेत्र, कृष्णपुर नगरपालिकाको स्थानिय स्काउट कार्यालय क्षेत्र सरसफाइमा तथा मार्चपास कार्यक्रम गरि सम्पन्न गरेका छन् ।

 

 

स्वयंसेवक परिचालन

13March, 2023

महाशिवरात्रीको अवसरमा सुदूरपश्चिम प्रदेश,धनगढीको शिवपुरी धाम, अछामको बैजनाथ धाम लगायतका विभिन्न शिव मन्दिरहरुमा स्काउट स्वयंसेवकहरुले स्वयंसेवकको भुमिका निर्वाह गरेका छन् ।

 

स्काउट अभिमुखिकरण कार्यक्रम सम्पन्न

13March, 2023

बडिकेदार गाउँपालिका-०२, डोटीको श्री बर्छैन माध्यामिक विधालयको बर्छैन स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरुलाई स्काउट प्रशिक्षण रोभर लिडर श्री जयराम भाटले दिनु भएको छ । फाल्गुन १ गतेबाट सुरु भएको स्काउट अभिमुखिकरण स्थानिय स्काउट कार्यालय बडिकेदार गाउँपालिका डोटी, श्री बर्छैन मा. वि.सँगको समन्वयमा प्रदेश स्काउट कार्यालयले प्रशिक्षक पठाई स्काउट अभिमुखिकरण कार्यक्रम फाल्गुन ४ गते सम्पन्न हुने भएको छ ।

तेस्रो नगरस्तरिय राष्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता २०७९ मार्चपासमा सहभागी

13March, 2023

बुढीगंगा नगरपालिका, बाजुराको आयोजनामा बुढीगंगा नगरपालिका बाजुराका नगर प्रमुख तथा स्थानीय स्काउट संरक्षक श्री राम बहादुर बानियाँको अध्यक्षता, समाजसेवी श्री भरत बहादुर थापाको प्रमुख आथित्यमा तेस्रो नगरस्तरिय राष्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता २०७९ माघ २८ गते समुदघाटन भएको छ । उक्त प्रतियोगितामा नगरपालिकासँग समन्वय गरि भानोदय ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरु मार्चपासमा सहभागी भएका थिए । रनिङ सिल्ड प्रतियोगिता माघ २८ गते बाट सुरु भई फाल्गुन ०१ गते समापन हुनेछ । सो अवधिभर भानोदय स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरुले स्वयंसेवकको भुमिका निर्वाह गर्ने स्थानीय स्काउट संयोजक तथा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक श्री चेतराज जैशिले बताउनु भएको छ । सो प्रतियोगितामामा बुढीगंगा नगरपालिकाका १० वटा वडाका वडा अध्यक्ष लगायत वडा पदाधिकारीहरु, समाजसेवी, राजनितिमा आबद्ध व्यक्तित्वहरुको सहभागिता रहेकाे थियो ।

 

स्वयंसेवक परिचालन

13March, 2023

चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ नवदुर्गा गाउँपालिका, डडेल्धुरामा एक कार्यक्रमका बिच समुदघाटन भएको छ । सो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा श्री विरबलभद्र माध्यामिक विधालय कोटेलि डडेल्धुराको विरबलभद्र स्काउट ट्रुपमा आबद्ध ३२ जना बालबालिकाहरु समुदघाटन समारोहको मार्चपासमा सहभागी भएका स्काउट मास्टर श्री टेकराज ओझाले बताउनु भएको छ । सो प्रतियोगिता अवधिभर स्काउटमा आबद्ध विधार्थिहरु स्वयंसेवकको भुमिका निर्वाह गर्ने भएका छन् ।

महिला हिंसा तथा छाउपडि प्रथा न्युनिकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

13March, 2023

माघ २६,

नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशको आयोजना स्थानिय स्काउट कार्यालयको समन्वय तथा नौगाड गाउँपालिका, दार्चुलाको आर्थिक सहयोगमा महिला हिंसा तथा छाउपडि प्रथा अन्त्यका लागि जनचेतनामुलक कार्यक्रम नौगाड गाउँपालिका- ५, दार्चुलामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा गाउँपालिकाले १०० थान सेनेटरि प्याड सहयोग गरेको छ । कार्यक्रममा दलित तथा विपन्न महिलाहरुलाई सेनेटरी प्याड र मास्क वितरण गरिएको छ । कैलासपति क्र्युकि लिडर श्री सर्मिला मन्यालको नेतृत्वमा क्र्युमा आबद्ध रोभर रेञ्जरहरुको सहभागितामा सम्पन्न कार्यक्रम १ हप्तासम्म निरन्तर चलिरहने छ ।

 

महिला हिंसा तथा छाउपडि प्रथा न्युनिकरण गर्ने उद्देश्यले सञ्चालित जनचेतनामूलक कार्यक्रम आज मिति २०७९ माघ २७ गते नौगाड गाउँपालिका-४,दार्चुलामा सम्पन्न भएको छ। नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशको आयोजना स्थानिय स्काउट कार्यालयको समन्वय तथा नौगाड गाउँपालिकाको कार्यालय, दार्चुलाको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रममा वडा -४ का ३१ जना दलित महिलाहरुलाई सेनिटरी प्याड तथा मास्क वितरण गरिएको छ र श्री दुर्गा भवानी आधारभुत विधालयका कक्षा ६ देखि ८ सम्मका १६७ जना विद्यार्थीहरुको सहभागितामा महिला हिंसा सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरिएको छ । उक्त जनचेतना मुलक कार्यक्रममा सहभागिहरुलाई स्काउट अभिमुखिकरण कैलासपति स्काउट क्रयु कि क्र्यु लिडर श्री सर्मिला मन्यालले गर्नु भएको छ । यस कार्यक्रमबाट वडा ४ का करिब १५० घरधुरी प्रभावित भएका छन् ।

महिला हिंसा तथा छाउपडि प्रथा न्युनिकरण गर्ने उद्देश्यले सञ्चालित जनचेतनामूलक कार्यक्रम मिति २०७९ माघ २८ गते नौगाड गाउँपालिका-४, दार्चुलाको पारिसिप्टि समुदायमा कैलासपति क्र्युमा आबद्ध रोभर रेन्जरहरुको सहयोगमा सम्पन्न भएको छ ।

नौगाड गाउँपालिका-४, दार्चुलाको वारिसिप्टिमा महिला हिंसा तथा छाउपडि प्रथा न्युनिकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम मिति २०७९ फाल्गुन १ गते सम्पन्न भएको छ ।

मार्च पास

13March, 2023

 

माघ २५,

राष्ट्रपति रनिङ शिल्ड अन्तरविद्यालय स्तरिय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगितामा घोडाघोडी नगरपालिका कैलालीका विभिन्न विद्यालयहरूमा सञ्चालित स्काउट ट्रुपमा आबद्ध ३०० भन्दा बढी बालबालिकाहरुले मार्च पास गरेका छन् । घोडाघोडी नगरपालिका नगर प्रमुख तथा स्थानीय स्काउट संरक्षक श्री खडक रावत‌ ज्युको प्रमुख आतिथ्यमा उद्घाटन शत्र सम्पन्न भएको छ । उक्त प्रतियोगिता माघ २०७९ माघ २५ देखि २०७९ माघ २८ गते सम्पन्न हुने भएको छ ।

 

 

सदस्यता तहको दीक्षा सम्पन्न

13March, 2023

मिति २०७९ माघ २४ गते राष्ट्रिय ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध १६ ब्वायज र १६ गर्ल्स गरि ३२ जना बालबालिकाहरु सदस्यता ब्याजबाट दिक्षित भएका छन् । राष्ट्रिय स्काउट दलको आयोजनामा घोडाघोडि नगरपालिका कैलालीमा स्काउट अभिमूखीकरण तथा दिक्षान्त कार्यक्रम श्री राष्ट्रिय माध्यामिक विधालयको प्राङ्गणमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
राष्ट्रिय माध्यामिक विधालय सुख्खडका सहायक प्रधानाध्यापक श्री रामप्रसाद गौतमको अध्यक्षता तथा घोडाघोडी स्थानीय स्काउट तदर्थ समिति संयोजक श्री सुनिता बोहराको प्रमुख आतिथ्यमा उक्त ट्रुपमा आबद्ध १६ जना बालबालिकाहरुलाई स्थानिय स्काउट संयोजकले र १६ जना ब्वायजहरुलाई स्काउट मास्टर दिपकराज गौतमले सदस्यता तहको दीक्षा दिनु भएको हो । राष्ट्रिय ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध विद्यार्थीहरूलाई घोडाघोडी नगर स्काउट सदस्यता वृद्धि संयोजक तथा श्री कान्ति स्काउट दलका स्काउट मास्टर श्री भीमराज अम्मैले अभिमूखीकरण दिनु भएको हो ।

मार्चपासमा सहभागी

13March, 2023

दुहु गाउँपालिका, दार्चुलामा आयोजित रनिङ सिल्ड प्रतियोगितामा पिपलचौरी ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरु मार्चपासमा सहभागी भई प्रथम स्थान हासिल गरि रु. २५०० पुरस्कार जितेको स्काउट मास्टर श्री मधु बमले बताउनु भएको छ ।

१३ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा स्वयंसेवको भुमिका निर्वाह

13March, 2023

परशुराम नगरपालिका डडेल्धुराको आयोजनामा सञ्चालित १३ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०७९ समुदघाटन समारोहमा श्री भुवनेश्वरी नमुना मा .वि.को भुवनेश्वरी स्काउट क्र्युमा आबद्ध बालबालिकाहरु मार्चपासमा सहभागी भएका छन् । साथै सो रनिङ सिल्डमा  क्र्युमाआबद्ध बालबालिकाहरुले स्वयंसेवको भुमिका निर्वाह गरेका छन् ।

नगर स्तरिय १३ औं राष्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता २०७९

13March, 2023

शुक्लाफाटा नगरपालिका, कञ्चनपुरको आयोजनामा शुक्लाफाटा नगरपालिका कञ्चनपुरका नगर प्रमुख तथा स्थानीय स्काउट संरक्षक श्री रण बहादुर महराको अध्यक्षतामा, कञ्चनपुर क्षेत्र नं. २ का संघिय माननीय सांसद श्री यन पि साउँदको प्रमुख आथित्यमा शुक्लाफाटा नगर स्तरिय १३ औं राष्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता २०७९ माघ १८ गते समुदघाटन भएको छ । उक्त प्रतियोगितामा नगरपालिकासँग समन्वय गरि कालिका ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरु मार्चपासमा सहभागी भएका थिए । रनिङ सिल्ड प्रतियोगिता माघ १८ गते बाट सुरु भई २१ गते समापन हुनेछ । सो अवधिभर कालिका स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरुले स्वयंसेवकको भुमिका निर्वाह गर्ने स्काउट मास्टर श्री राघव अवस्थिले बताउनु भएको छ । रनिङ सिल्ड प्रतियोगितामा १८ ओटा सामुदायिक तथा संस्थागत विधालयहरुको सहभागिता रहेको छ । खेलहरु भलिबल ,कवड्डी छात्र छात्रा ,एथलेटिक्स र मार्सलआट गरि चार विधाका खेल समावेश छन् । उक्त प्रतियोगितात्मक कार्यक्रममा प्रदेश सांसद,संविधानसभा सदस्य लगायतका जनप्रतिनि तथा समाजसेविको उपस्थिति रहेको थियो ।

स्काउट अभिमूखीकरण तथा दिक्षान्त कार्यक्रम सम्पन्न

13March, 2023

२९ माघ,

श्री जनता आधारभूत विद्यालय घोडाघोडी नगरपालिका वडा नं ११, कैलालीको जनता ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरुको स्काउट अभिमूखीकरण तथा दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ । जनता स्काउट दलका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक श्री तेजबहादुर खातीको अध्यक्षता‌ तथा श्री कान्ति ब्वायज/ गर्ल्सका स्काउट ट्रुपका स्काउट मास्टर तथा घोडाघोडी नगर स्काउटका सदस्यता वृद्धि संयोजक श्री भीमराज अम्मैको प्रमुख आतिथ्यमा सम्पन्न । उक्त स्काउट ट्रुपमा आबद्ध ३२ जना बालबालिकाहरु सदस्यता ब्याजबाट दिक्षित भएका छन् । सो कार्यक्रमको सञ्चालन उक्त स्काउट ट्रुपका स्काउटमास्टर श्री विनोद चौधरीले गर्नु भएको थियो ।

दिप प्रज्वलन कार्यक्रम सम्पन्न

13March, 2023

इन्टरनेसनल स्काउट दलको आयोजनामा मिति २०७९ माघ १ गते आइतबारका दिन काठमाडौंबाट पोखराका लागि उडेको (9N-ANC) विमान पोखराको सेती खोचमा दुर्घटनामा परि ज्यान गुमाउनु हुने सबैमा श्रद्धाञ्जली अर्पण गर्न स्काउट मास्टर श्री गिता पन्तको नेतृत्वमा श्री इन्टरनेसनल पब्लिक स्कुलको इन्टरनेसनल क्र्युमा आबद्ध २५ जना बालबालिकाहरुले भिमदत्त नगरपालिका, कञ्चनपुरको खुल्ला मञ्चको गेट अगाडि दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेका छन् ।

 

सरस्वती पुजाको अवसरमा १ दिने मास्क वितरण कार्यक्रम

13March, 2023

नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशको आयोजनामा आज मिति २०७९ माघ १२ गतेका दिन सरस्वती पुजाको अवसर पारेर सेती प्रादेशिक अस्पताल क्षेत्र, ऐेश्वर्य बहुमुखि क्याम्पस क्षेत्र, पार्क मोडमा करिब ४,००० थान मास्क वितरण गरिएको छ । विधाकि धनी सरस्वती माताको पुजा आरधाना गर्न आउने विधार्थिहरुको भिडभाड हुने र धनगढीमा रहेको पार्क घुम्न आउने युवाहरु तथा सेती प्रादेशिक हस्पिटलमा उपचारको लागि आउने विरामी तथा विरामिका अभिभावकहरुलाई मास्क वितरण गरिएको छ । मास्क वितरण टोलिको नेतृत्व स्काउट मास्टर श्री उमेश बम र श्री सन्दिप भट्टले गर्नु भएको थियो । उक्त १ दिने मास्क वितरण कार्यक्रममा १५ जना स्वयंसेवकहरुको उपस्थिति रहेको थियोे ।

मेलघट्टी स्काउट ट्रुपमा‌ आबद्ध ३२ जना विद्यार्थीहरूदिक्षित

13March, 2023

घोडाघोडी नगरपालिका कैलाली वडा नं ८ दिपनगर स्थित श्री मेलघट्टी मा.वि.मा सञ्चालित श्री मेलघट्टी स्काउट ट्रुपमा‌ आबद्ध विद्यार्थीहरूको स्काउट अभिमुखीकरण तथा दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ । श्री मेलघट्टी स्काउट दलका अध्यक्ष तथा विधालयका प्रधानाध्यापक श्री खडक कठायतको अध्यक्षता तथा स्थानिय स्काउट तदर्थ समिति घोडाघोडी नगरपालिका कैलाली संयोजक श्री सुनिता बोहराको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्काउटमा आबद्ध विद्यार्थीहरूलाई घोडाघोडी नगर स्काउट सदस्यता वृद्धि संयोजक तथा श्री कान्ति स्काउट दलका स्काउट मास्टर श्री भीमराज अम्मैले अभिमुखीकरण गर्नु भएको थियो । साथै श्री कान्ति गर्ल्स स्काउट ट्रुपकी लिडर श्री एन्जिला सापकोटाले आफ्नो विद्यालयले‌ सञ्चालन गरेको स्काउट गतिविधि प्रस्तुत गरेकी थिइन्। कार्यक्रम सञ्चालन स्काउट मास्टर चन्द्रप्रकाश लामिछानेले सञ्चालन गर्नुभएको थियो भने स्काउटमा आबद्द बालबालिकाहरुलाई दिक्षान्त स्थानिय स्काउट तदर्थ समिति संयोजक श्री सुनिता बोहराले १६ जना गर्ल्स र स्काउट मास्टर श्री चन्द्र लामिछानेले १६ जना ब्वायज गरि ३२ जना बालबालिका दिक्षित भएका छन् ।

१ दिने लागु पदार्थ दुर्व्यसन विरुद्ध युवा स्काउट परिचालन

13March, 2023

नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयोजनामा मिति २०७९ माघ ६ गतेका दिन १ दिने लागु पदार्थ दुर्व्यसन विरुद्ध युवा स्काउट परिचालन सम्बन्धि प्रशिक्षण घोडाघोडी नगरपालिका वडा नं १०, कैलालीको श्री कान्ति राज्य लक्ष्मी माध्यामिक विधालयमा एक कार्यक्रमबिच सम्पन्न भएको छ । कान्ति स्काउट दलका अध्यक्ष तथा श्री कान्ति राज्य लक्ष्मी मा. वि.का प्रधानाध्यापक श्री उमाकान्त मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गौरीगंगा नगरपालिका स्काउट सदस्यता वृद्धि संयोजक तथा स्काउट मास्टर श्री पुष्कर अवस्थीले कान्ति ब्वायज/ गर्ल्स ट्रुपमा आबद्ध ६४ जना बालबालिकाहरुलाई प्रशिक्षण दिनु भएको थियोे । उक्त प्रशिक्षण कार्यक्रमलाई सहजिकरण स्काउट मास्टर तथा घोडाघोडी नगरपालिका स्काउट दस्यता वृद्धि संयोजक श्री भीमराज अम्मैले गर्नु भएको थियो ।

 

दिक्षान्त तथा स्काउट अभिमुखीकरण कार्यक्रम सम्पन्न

13March, 2023

५ माघ,

घोडाघोडी नगरपालिका वडा नं ११, कैलाली स्थित श्री पहलमानसिंह मेमोरियल ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध बालबालिहरुको दिक्षान्त तथा स्काउट अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्काउट तदर्थ समिति घोडाघोडी नगरपालिका कैलाली संयोजक श्री सुनिता बोहराको प्रमुख आतिथ्य, पहलमानसिंह मेमोरियल स्काउट दलका अध्यक्ष तथा विधालयका प्रधानाध्यापक श्री प्रेम प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कान्ति ब्वायज/ गर्ल्स ट्रुपका स्काउट मास्टर तथा घोडाघोडि नगरपालिका स्काउट सदस्यता वृद्धि संयोजक श्री भीमराज अम्मैले स्काउटहरूलाई अभिमुखीकरण गर्नु भएको थियो । सहायक स्काउट मास्टर श्री भोजरानी चौधरी, स्काउटमा आबद्ध बालबालिकाको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन पहलमानसिंह मेमोरियल स्काउट दलका स्काउट मास्टर श्री सरादु चौधरीले गर्नु भएको थियो ।

योग शिविर सम्पन्न

13March, 2023

राष्ट्रिय योग दिवस, मकर संक्रान्ति (माघ-१), २०७९ को अवसरमा “स्वस्थ जीवनको चाहना: योग शिक्षा र साधना” भन्ने मूल नाराका साथ कान्ति स्काउट दल श्री कान्ति राज्य लक्ष्मी मा.वि.को आयोजनामा १ दिने योग शिविर सम्पन्न भएको छ । सो कार्यक्रममा पतञ्जली योग समिति पहलमानपुरका योग गुरु प्रेमराज सापकोटा लगायतका योग गुरुहरुले प्रशिक्षण गर्नुभएको थियो । उक्त योग शिविरमा घोडाघोडी नगरपालिकाका नगर प्रमुख तथा स्थानिय स्काउट संरक्षक श्री खडग रावत, राष्ट्रिय मा.वि .का स्काउट मास्टर श्री दीपकराज गौतम,रा.मा.वि तारानगरका स्काउट मास्टर श्री दिलप्रसाद भट्ट,सीताकुण्ड मा.वि.का स्काउट मास्टर श्री बर्मराज खनाल, पहलमानसिंह मा.वि.का स्काउट मास्टर सरदुराम चौधरी, गौरीगङ्गा नगरपालिकाका स्काउट सदस्यता वृद्धि संयोजक तथा स्काउट मास्टर श्री पुष्कर अवस्थी ,स्काउटमा आबद्ध विद्यार्थीहरू तथा अभिभावकहरूको सहभागिता रहेको थियो। कान्ति स्काउट दलका अध्यक्ष तथा प्र.अ. श्री उमाकान्त मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन स्काउट मास्टर भीमराज अम्मैले गर्नु भएको थियो ।

अन्तर पेट्रोल कुकिङ्ग प्रतियोगिता सम्पन्न

13March, 2023

पौष ३०,

गौरिगंगा नगरपालिका,कैलाली स्थित श्री आदर्श स्काउट ट्रुपले अन्तर पेट्रोल कुकिङ्ग प्रतियोगिता सम्पन्न गरेको छ । उक्त कार्यक्रममा आदर्श स्काउट दलका अध्यक्ष श्री शंकर बहादुर बुढामगर ,बिधालय व्यवस्थापन समिती अध्यक्ष श्री चक्र बि.क.,सदस्य श्री पहल बि.क,सजनी साउँद, स्काउट मास्टर श्री बिनोद बहादुर बोहरा, समाजसेवी श्री खेम ताडी उपस्थिति रहेको थियो । उक्त ट्रुपका स्काउट मास्टर श्री पुष्कर अवस्थीको नेतृत्वमा कुकिङ्ग प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुने स्काउटमा आबद्ध बालबालिका हरुलाई बधाई छ ।

निशुल्क आँखा शिविरमा स्वयंसेवकको भुमिका

13March, 2023

२९ पौष,

गौरीगंगा नगरपालिका कैलाली, नेपाल रेडक्रस, धनगढी नेत्रालयको संयुक्त आयोजनामा सञ्चालन भएको निशुल्क आँखा शिविरमा नेपाल स्काउटका ७ जना स्वयंसेवकहरुले स्वयंसेवकको भुमिका निर्वाह गरेका छन् ।

कपडा बैकका सञ्चालकलाई कपडा हस्तान्तरण

13March, 2023

पौष १६,

AVN SCOUT TROOP द्वारा धनगढी स्थिति शिवपुरीमा रहेको कपडा बैंक मा केही न्यानो कपडा बैकलाई हस्तान्तरण । चिसो बढे संगै न्यानो कपडा लिन विभिन्न क्षेत्रबाट कपडा लिन आउने र कपडाको अभावले उतिकै फिर्ता हुने समस्यालाई मध्यनजर गर्दै आज AVN SCOUT TROOP का बिद्यार्थीहरुले आआफ्नो घरबाट परिवारका प्रयोगमा नआउने न्यानो कपडा लिएर कपडा बैकमा आउने गरिबका बच्चाहरूलाई वितरण गर्ने उदेश्यले कपडा बैकका सञ्चालकलाई हस्तान्तरण गरेका छन् । स्काउट मास्टर श्री सन्दिप भट्टको जन्म दिनको अवसर पारेर स्काउमा आबद्ध कपडा उपलब्ध गराइ सहयोग गरेका छन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

13March, 2023

” घरबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने मुल नारालाई सफल पार्न लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान स्काउट मास्टर श्री भिमराज अम्मैको नेतृत्वमा घोडाघोडि नगरपालिका, पहलमानपुर कैलालीमा स्थित श्री कान्तिराज्य लक्ष्मी माध्यामिक विधालयमा सञ्चालित कान्तिराज्य ब्वायज/गर्ल्स स्काउट ट्रुपको सहभागितामा पहलमानपुर बजार परिषदमा र्यालि तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन सो विधालयको प्राङ्गणमा मिति २०७९ मंसिर २३ गते शुक्रबार दिन भव्यताका साथ सम्पन्न भएको छ ।

महिला हिंसा सम्बन्धि वक्तित्वकला प्रतियोगिता सम्पन्न

13March, 2023

“महिला हिंसा” विषयमा वक्तित्वकला प्रतियोगिता टिकापुर नगरपालिका,खक्रौला कैलालीको श्री भानुभक्त राष्ट्रिय आधारभुत विधालयमा सम्पन्न भएको छ । महिला हिंसा सम्बन्धि वक्तित्वकला प्रतियोगिता सञ्चालन स्काउट मास्टर श्री मदन खड्काले गर्नु भएको थियोे । उक्त कार्यक्रममा टिकापुर नगरपालिका, कैलाली वडाका वडा सदस्य भरत साउँद,विधालयका प्रधानाध्यापक तथा स्काउट दलका अध्यक्ष श्री माया साउँद तथा विधालय व्यवस्थापन समितिका पदाधिकारीहरु,शिक्षक अभिभावक संघका पदाधिकाहरु लगायत भानुभक्त ब्वायज गर्ल्स स्काउट ट्रुपमा आवद्ध ३२ जना बालबालिकाहरु तथा अन्य ६५ जना छात्रछात्राहरुको सहभागिता रहेको थियो ।वक्तित्वकला प्रतियोगितामा प्रथम स्थान ट्रुपमा आबद्ध कक्षा ८ कि छात्रा श्री करुणा चौधरी क्रमस दोस्रो स्थान श्री मञ्जु निशाध, तेस्रो स्थान श्री एलिसा चौधरी र चौथो स्थान श्री गौतम लुहारले प्राप्त गर्नु भएको छ ।

“महिला हिंसा विरुद्धको १ दिने प्रशिक्षण कार्यक्रम” सम्पन्न

13March, 2023

मंसिर १६,
नवदुर्गा स्काउट दलको आयोजनामा नवदुर्गा ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरु तथा विधालयका अन्य छात्रछात्राहरुको सहभागितामा
“महिला हिंसा विरुद्धको १ दिने प्रशिक्षण कार्यक्रम” सम्पन्न भएको छ । विधालयको प्राङ्गणमा भएको सो कार्यक्रमको नेतृत्व स्काउट मास्टर श्री शान्ति चन्द पालले गर्नु भएको थियोे भने महिला हिंसा विरुद्धको १६ दिने अभियान सम्बन्धि प्रशिक्षण वडा १२ का वडा अध्यक्ष श्री शेर बहादुर कुवँर, स्काउट मास्टर, विधालयका प्रधानाध्यापक तथा स्काउट दलका अध्यक्ष श्री हरिश चन्द चौधरी, अस्थायी प्रहरी पोष्ट जुगेडा इन्चार्ज श्री रोहित कुवँरले गर्नु भएको थियोे । उक्त कार्यक्रम धनगढी उपमहानगरपालिका-१२ जुगेडा कैलालीको श्री नवदुर्गा आधारभुत विधालयमा भएको थियोे । सो प्रशिक्षण कार्यक्रममा विधालयका करिब ३०० बालबालिकाको सहभागिता थियोे ।

हाईकिङ्ग कार्यक्रम सम्पन्न

13March, 2023

महाकालि नगरपालिका दार्चुला स्थानीय स्काउट तदर्थ समिति संयोजक श्री डम्बर बहादुर सिंहको आयोजना तथा स्काउट मास्टर श्री पार्वती थापाको नेतृत्वमा कैलासपति व्वायज/ गर्ल्स स्काउट ट्रुपको मिति २०७९ मंसिर १६ गतेका दिन १ दिने हाईकिङ्ग कार्यक्रम सम्पन्न भएको छ ।

सैपाल ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध ६४ जना बालबालिकाहरु दिक्षित

13March, 2023

३० कार्तिक

तलकोट गाउँपालिका, बझाङको श्री दुर्गा भवानी माध्यामिक विधालयमा सैपाल स्काउट दलको आयोजनामा सैपाल ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध ६४ जना बालबालिकाहरु दिक्षित भएका छन् । सैपाल ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरुलाई स्काउट मास्टर श्री शिवसदा चौधरीले दिक्षित गराउनु भएको हो । साथै उक्त विधालयमा नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशले विधालयका प्रधानाध्यापकलाई मास्क हस्तान्तरण गरेको छ ।

लैंगिक हिंसा विरुद्धको १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

29November, 2022

“लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान”को क्रममा आज मिति २०७९ मंसिर १३ गतेका दिन दोधारा चाँदनि नगरपालिका, कञ्चनपुरको श्री शारदा सरस्वती माध्यामिक विद्यालयमा लैंगिक हिंसा विरुद्धको १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा दोधारा चाँदनि नगरपालिका, कञ्चनपुर स्थानिय स्काउट तदर्थ समिति संयोजक तथा स्काउट मास्टर श्री दुर्गा बडवाल र स्काउट मास्टर श्री पदम सिंह साउँदले विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको छ र कार्यक्रममा ९४ जना शारदा ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध बालबालिका तथा कक्षा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

28November, 2022

मिति २०७९ मंसिर ८ र ९ गते घोडाघोडि नगरपालिका-११,आम्बासा कैलालीको श्री पहलमानसिंह मेमोरियल प्राविधिक माध्यामिक विधालयको पहलमासिंह मेमोरियल ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध ३२ जना स्काउट बालबालिकाले विधालय क्षेत्र र सरस्वती मन्दिर परिषदमा स्काउट मास्टर श्री सरदुराम चौधरीको नेतृत्वमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । साथै कार्यक्रम प्रश्चात बालबालिकाहरुलाई योगा अभ्यास समेत गराउनु भएको छ ।

प्रशिक्षण कार्यक्रम सम्पन्न

28November, 2022

नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयोजना तथा बोगटान फुड्सिल गाउँपालिका वडा- ०७, डोटी स्थित श्री खत्याडि माध्यामिक विधालयको समन्वयमा Stop The Voilence (STV) सम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रम स्काउट मास्टर श्री उमेश बमले मिति २०७९ मंसिर ९ गते शुक्रबार सम्पन्न गर्नु भएको छ । उक्त प्रशिक्षण कार्यक्रममा सो विधालयका ६५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियोे । साथै सो विधालयमा २ कार्टुन ठुलो मास्क विधालयका प्रधानाध्यापक ज्युलाई हस्तान्तरण गरेका छौ ।

 

१ दिने STV प्रशिक्षण कार्यक्रम सम्पन्न

27November, 2022

मिति २०७९ मंसिर ८ गतेका दिन बोगटान फुड्सिल गाउँपालिका वडा- ०७, डोटी स्थित श्री चनुकाडा निम्न माध्यामिक विधालयमा १ दिने STV प्रशिक्षण कार्यक्रम सम्पन्न । नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयोजना तथा चनुकाडा निम्न माध्यामिक विधालयको समन्वयमा Stop The Voilence सम्बन्धि प्रशिक्षण कार्यक्रम स्काउट मास्टर श्री उमेश बमले सम्पन्न गर्नु भएको छ । उक्त प्रशिक्षण कार्यक्रममा ५१ जना विद्यार्थीहरुको सहभागिता रहेको थियोे ।

२२ जना अनाथ बालबालिकाहरुलाई कापी, कलम,मास्क,सेनिटाइजर वितरण कार्यक्रम सम्पन्न

27November, 2022

कैलासपति ब्वायज/ गर्ल्स स्काउट क्र्युले आयोजना गरेको देउसी भैलो कार्यक्रम २०७९ बाट संकलन गरेको रकमबाट क्र्यु लिडर श्री सर्मिला मन्यालको नेतृत्वमा सो क्र्युमा आबद्ध ५ जना स्काउट रेञ्जरहरुको सहभागितामा महाकाली नगरपालिका दार्चुलामा रहेको श्री महेन्द्र मोडल माध्यमिक विधालयको छात्रबासमा बस्ने २० जना बालबाबालिकाहरु तथा हालसालैको बाढी पहिरोबाट आमाबुबा गुमाएका २ जना गरि २२ जना अनाथ बालबालिकाहरुलाई कापी, कलम,मास्क,सेनिटाइजर वितरण गरिएको छ । साथै नेपाल स्काउटको समन्वय तथा युनिसेफ नेपालको सहयोगमा श्री वसन्त भ्यालि पब्लिक स्कुलमा अध्ययनरत बालबालिकाहरुलाई मास्क वितरण कार्यक्रम सम्पन्न भएको छ ।

 

Free Bing Me” (FBM) सम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

27November, 2022

सुदूरपश्चिम,
मिति २०७९ कार्तिक १९ गते गौरिगंगा नगरपालिका, कैलालीको आदर्श ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरुलाई”Free Bing Me” (FBM) सम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। ट्रुपमा आबद्ध २४ जना बालबालिकाहरुलाई FBM सम्बन्धि प्रशिक्षण स्काउट मास्टर श्री पुष्कर अवस्थीले दिनु भएको थियो ।

महन्याल बाबाको धाममा लाइन व्यवस्थापन तथा सरसफाई कार्यक्रम सम्पन्न

27November, 2022

स्काउट मास्टर तथा श्री मालिका माध्यामिक विधालयका प्रधानाध्यापक श्री रतन प्रसाद जैशीको नेतृत्वमा श्री मालिका स्काउट दलको आयोजनामा मालिका ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरुले गौरिगंगा नगरपालिका,चाैमाला कैलालीको श्री महन्याल बाबाको धाममा भक्तालुजनहरुको घुइँचो हुने भएकाले सो धाममा लाइन व्यवस्थापन तथा सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् । महन्याल बाबा धामका अध्यक्ष तथा सम्पुर्ण मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुको सहयोग तथा समन्व रहेको थियो ।

 

 

सरसफाई कार्यक्रम सम्पन्न

27November, 2022

सुदूरपश्चिम,
मिति २०७९ कार्तिक ६ गतेका दिन कान्ति स्काउट दलको आयोजनामा घोडाघोडी नगरपालिका, कैलालीको पहलमानपुर बजार क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगर प्रमुख तथा स्थानीय स्काउट संरक्षक श्री खडक रावत, प्रशासकीय अधिकृत श्री दिपक आचार्य, शिक्षा शाखा प्रमुख तथा स्थानीय स्काउट सदस्य सचिव श्री उमेश रेग्मी, ससस्त्र बेस क्याम्प पहलमानपुर तथा पहलमानपुर प्रहरी चौकी र कान्ति ब्वायज/गर्ल्स स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरुको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । कान्ति राज्य लक्ष्मी मा.वि.बाट सुरु भएको सरसफाई कार्यक्रम‌ पहलमानपुर बजार क्षेत्र सरसफाई गरी समापन गरिएको छ ।

देउसी भैलो कार्यक्रम २०७९ सम्पन्न

31October, 2022

तिहारको शुभ अवसरमा श्री कान्ति स्काउट दलको आयोजनामा कार्तिक ७ गते बाट सुरु भएको देउसी भैलो कार्यक्रम २०७९ तिहारको शुभकामना आदानप्रदान कार्यक्रम स्काउट मास्टर श्री भिमराज अम्मैको नेतृत्व र कान्तिराज्य ब्वायज/गर्ल्स स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरुको सहभागितामा घोडाघोडी नगरपालिका, कैलालीको पहलमानपुर बजार परिषद,गाउँ क्षेत्र हुँदै श्री कान्तिराज्य लक्ष्मी माध्यामिक विधालयमा एकअर्कालाई शुभकामना आदानप्रदान गरी देउसी भैलो कार्यक्रम कार्तिक ९ गते समापन गरिएको थियो ।

 

स्काउट स्वयंसेवक परिचालन

31October, 2022

महाकाली नगरपालिका, दार्चुलाका नौ वटै वडाका दुर्गम बस्तिहरुमा छाउपडि प्रथा अन्त्यका लागि सचेतना कार्यक्रम, पानी शुद्धीकरण गर्ने जानकारी मुलक पम्पेलेटहरु, निःशुल्क मास्क र सेनेटरी प्याड वितरण कार्यक्रम निरन्तर सञ्चालनमा रहेको छ । नेपाल स्काउट, युनिसेफ नेपाल र महाकालि नगरपालिका कार्यालय, दार्चुलाको सहयोगमा स्थानीय स्काउट कार्यालय, दार्चुला तथा कैलासपति ब्वायज/ गर्ल्स स्काउट क्र्युको समन्वयमा रेञ्जर स्काउटर श्री सर्मिला मन्यालको नेतृत्वमा उक्त कार्यक्रम निरन्तर सञ्चालन भैरहेको छ । छाउपडि प्रथा अन्त्यका लागि समाजमा गडेका विसंङ्गति, विकृतिहरुलाई जडै देखि उखेल्न नेपाल स्काउट सदैव लागिरहने छ ।

 

“Free Bing Me” (FBM) सम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

23October, 2022

५ कार्तिक,
“Free Bing Me” (FBM) सम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न । गौरिगंगा नगरपालिका, कैलालीको अग्नि सिखा ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध ३९ जना बालबालिकाहरुलाई FBM सम्बन्धि प्रशिक्षण स्काउट मास्टर श्री पुष्कर अवस्थीले दिनु भएको छ भने सहयोग स्काउट मास्टर श्री बिनोद बहादुर बोहोराले गर्नु भएको छ ।

मास्क वितरण तथा पानी शुद्धीकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

20October, 2022

नेपाल स्काउट र युनिसेफ नेपालको सहयोगमा कैलाशपती ब्वाइज/गर्ल क्र्यु र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा पुर्ण मास्क सुनिश्चितता कार्यक्रम अन्तर्गत आज मिति २०७९/०६/३० गते महाकाली नगरपालिका, दार्चुलाका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुलाई मास्क वितरण गरि पिउने पानी शुद्धीकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

 

मास्क सुनिश्चितता कार्यक्रम सम्पन्न

20October, 2022

नेपाल स्काउट र युनिसेफ नेपालको सहयोगमा मास्क सुनिश्चितता कार्यक्रम सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरुमा सञ्चालन भैइरहेको छ । कैलाशपती स्काउट ट्रुप र कृयुको समन्वयमा भएको कार्यक्रममा चाड्पर्वको बेला भिडभाड हुने र नेपाल भारत सिमा नाका महाकाली नगरपालिका, दार्चुलाका विभिन्न स्थानहरुमा धुलो, धुवाँ, कोभिड-१९ तथा विभिन्न सरुवा रोगहरुबाट बच्न स्वास्थ्य सचेतना कार्यक्रम तथा मास्क वितरण गरिएको छ ।

 

मास्कको अनिवार्य प्रयोग अभियान

20October, 2022

१३ असोज,
Unicef Nepal तथा नेपाल स्काउटको सहयोगमा ट्राफिक प्रहरीसंगको समन्वयमा प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशको आयोजनामा संचालित Mask Campaign (मास्क अभियान) अन्तर्गत सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरु (भिडभाड हुने क्षेत्र, बस पार्क, नेपाल भारत सिमा नाका) मा धुलो, धुवाँ तथा COVID-19 जस्ता विभिन्न सरुवा रोगहरुबाट बच्न मास्कको अनिवार्य प्रयोग गरौं भन्ने सचेतना फैलाउदै मास्क वितरण कार्यक्रमको सुरुवात भएको छ ।

क्याम्प फायर कार्यक्रम सम्पन्न

20October, 2022

अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसर पारेर विरेन्द्र विद्या मन्दिर टिकापुर नगरपालिका, कैलालीमा सञ्चालनमा रहेको विरेन्द्र विद्या ब्वाइज/गर्ल स्काउट ट्रुपको आयोजनामा क्याम्प फायर कार्यक्रम सम्पन्न भएको छ । उक्त क्याम्प फायरमा नगर प्रमुख तथा स्थानीय स्काउट संरक्षक श्री रामलाल डगौरा थारू, वडा नं १ का वडा अध्यक्ष श्री मोहन वि.क, सहायक राष्ट्रिय प्रशिक्षक श्री काशी राम जैसी ढुङ्गाना, स्थानीय स्काउट तदर्थ समिति संयोजक श्री तारा साउँद, स्थानिय तदर्थ समितिका पदाधिकारीहरू, स्काउट कार्य दलका पदाधिकारीहरु, स्काउट मास्टर श्री पदम ओझा, सुरेश उपाध्याय, नृप ओझा, शिक्षक, शिक्षिकाहरुका साथै विरेन्द्र विद्या स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरूको सहभागितामा क्याम्प फायर कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

 

मास्क सुनिश्चितता कार्यक्रम सम्पन्न

20October, 2022

९ असोज,

नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयोजनामा स्थानीय स्काउट तदर्थ समितिको समन्वयमा गौरिगंगा नगरपालिका कैलालीको श्री जनजाग्रती आधारभूत बिधालयमा दस हजार पाँच सय थान मास्क विधालयका प्रधानाध्यापक श्री सुरेन्द्र कुमार धामी ज्युलाई स्थानीय स्काउट तदर्थ समिति संयोजक श्री लक्ष्मण ओझाले हस्तान्तरण गर्नु भएको छ । उक्त मास्क सुनिश्चितता कार्यक्रममा नगर उपप्रमुख तथा स्थानीय प्रमुख स्काउट श्री भोज बहादुर बम ,वडा नम्बर ३ का वडा अध्यक्ष श्री मनिराज जोशी, स्काउट मास्टर पुष्कर अवस्थी , कार्यपालिका सदस्य श्री मदन बि.क तथा पत्रकार श्री दिनेश दहितको उपस्थिति रहेको थियोे ।

सरसफाइ कार्यक्रम सम्पन्न

19October, 2022

असोज ७ गते,

तलकोट गाउँपालिका उपाध्यक्ष तथा स्थानीय प्रमुख स्काउट श्री पार्वती कुवँर भण्डारीको नेतृत्वमा स्काउट मास्टर श्री शिवसदा चौधरीले सञ्चालन गर्नु भएको दुर्गा भवानी व्वायज गर्ल्स स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरुको सहभागीता र समुदाय प्रहरी साझेदारि कार्यक्रमसंगकको समन्वयमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

लागू पदार्थ दुर्व्यशनी तथा ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

19October, 2022

३ असोज,
संविधान दिवसको अवसरमा “लागू पदार्थ दुर्व्यशनी तथा ट्राफिक नियम ” बारे स्थानीय स्काउट तदर्थ समिति शुक्लाफाटा नगरपालिका कञ्चनपुर र ईलाका प्रहरी कार्यालय झलारीकाे संयुक्त आयाेजनामा सचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त सचेतना कार्यक्रममा वडा ११ का अध्यक्ष शेर वहादुर साँउद, इलाका प्रहरी प्रमुख ज्ञान बहादुर सिंह, नि-वर्तमान वडा अध्यक्ष दिल बहादुर बुढा, ट्राफिक प्रहरी कलुवापुुरका ईन्चार्जका, स्थानीय स्काउट पदाधिकारी, कालिका व्वायज/ गर्ल्स स्काउट ट्रुप र सरस्वती व्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध बालबालिकाको सहभागी रहेको थियो ।

JCI Nepal Area ‘D’ Conference -2022 मा सहभागि

19October, 2022

भाद्र २५,
टिकापुर नगरपालिका कैलालीमा JCI Nepal Area ‘D’ Conference -2022 को
समुद्घाटन तथा शान्ति पद यात्रामा कर्णाली स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरुको सहभागिताका दृश्यहरु ।

 

मास्क हस्तान्तरण तथा ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

29September, 2022

नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयोजना र स्थानीय स्काउट तदर्थ समिति गौरिगंगा नगरपालिका कैलालीको ट्राफिकसँगको समन्वयमा गौरिगंगा नगरपालिका वडा नम्बर ९ मा अवस्थित श्री शिवालिक आधारभूत विधालयमा मास्क हस्तान्तरण तथा ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्काउट तदर्थ समिति गौरिगंगा नगरपालिका कैलाली संयोजक श्री लक्ष्मण ओझाले उक्त विधालयका प्रधानाध्यापक श्री खगेन्द्र कुमार खाती ज्युलाई मास्क हस्तान्तरण गर्नु भएको थियोे ।
ट्राफिक नियम :
१) बाटो काट्दा जहिलेपनि जेब्रा क्रसिङ बाट मात्र बाटो काट्ने
२)जेब्रा क्रसिङ नभएको ठाउँमा साना भाइबहिनीहरुले अभिभावकसँग बाटो काट्ने,
३)ठुला भाइबहिनीहरुले दायाँ बायाँ हेरेर गाडी नआएको सुनिश्चित भएपछि मात्र बाटो काट्ने,
४)ट्राफिक बत्ती भएको ठाउँमा हरियो बत्ति बलेको बेला मात्र बाटो काट्ने ,
५)बाटोको दायाँ बायाँमा हिड्दा किनारामा मात्र हिड्ने ,
६)बाटोमा नखेल्ने ।
बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न तपाईं हामी सबैको दायित्व रहेको अस्थाई ट्राफिक पोष्ट मसुरियाका प्रहरी सहायक निरीक्षक वीर बहादुर बिष्टले बताएका छन् । उनका अनुसार बाटो काट्दा सावधानी पुर्वक बाटो काट्नु पर्ने समेत बताएका हुन् ।
स्काउट मास्टर पुष्कर अवस्थी र बिनोद बहादुर बोहराले स्काउट के हो ? यसले के कस्ता कार्यहरु गर्छ ? स्काउटको उदेश्य के हो ?स्काउटमा आबद्ध कसरी हुने ? भन्ने विषयमा विधालयका बालबालिकालाई प्रशिक्षण दिएका छन् । विद्यार्थीहरुलाई कक्षा सहजीकरणमा स्काउट मास्टर बसन्ती साउद र आरती बमले सहयोग गर्नु भएको थियो ।

मास्क हस्तान्तरण तथा सरसफाइ कार्यक्रम सम्पन्न

29September, 2022

श्री जनचेतना आधारभुत विधालय गौरिगंगा न.पा.९ मा रहेको अग्निशिखा ब्वाइज/ गर्ल्स स्काउट ट्रुपका स्काउट मास्टर बिनोद बोहराको नेतृत्वमा १ दिने वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । उक्त वृक्षारोपण कार्यक्रममा गौरिगंगा नगरपालिका वडा नं.९ का जनप्रतिनिहरु, विधालय व्यवस्थापन समिति अध्यक्ष श्री खेम ताडि, सदस्य विरेन्द्र ठगुन्ना, शिक्षक अभिभावक संघका अध्यक्ष श्री लोक बहादुर ओलि, विधालयका प्रधानाध्यापक श्री ममता राय विष्ट, शिक्षक, शिक्षिकाका साथै स्काउट मास्टरहरु लगायत ३५ जनाको उपस्थिति रहेको थियो । वृक्षारोपण कार्यक्रम विधालयको हाताभित्र भएको थियो । साथै स्थानीय स्काउट तदर्थ समिति संयोजक श्री लक्ष्मण ओझा ज्युले विधालयका प्रधानाध्यापक ज्युलाई मास्क हस्तान्तरण गर्नु भयो ।

 

सरसफाई कार्यक्रम सम्पन्न

29September, 2022

मालिका स्काउट दल समिति चाैमालाको आयोजनामा मालिका व्वायज/गर्ल्स स्काउट ट्रुपमा आबद्ध बालबालिहरुले गाैरीगंगा नगरपालिका चाैमालाको पुरानाे बजार र झिल चाैराहा हुदै वडा नं ३ काे कार्यालय परिषद् सरसफाई गरेकाे छन् । सरसफाइ कार्यक्रमको नेतृत्व मालिका स्काउट दल अध्यक्ष, स्काउट मास्टर तथा मालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक श्री रतन प्रसाद जैशीले गर्नु भएको थियोे । सरसफाई कार्यक्रममा नेपाल प्रहरी र वडा नं ३ का अध्यक्ष श्री मनिराम जाेशी, सहायक राष्ट्रिय प्रशिक्षक तथा प्रदेश सल्लाहकार श्री जहरसिह थापा ,विद्यालय व्यवस्थापन समिति अध्यक्ष, पि.एच.सि. चाैमालाका पदाधिकारीहरु लगायत ४४ जनाको उपस्थिति रहेको थियो ।

 

५ दिने बडिमालिका सेवा शिविर सम्पन्न

15August, 2022

सुन्दर सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला त्रिवेणी नगरपालिका स्थित आस्थाको धरोहर, भु-स्वर्ग, प्रसिद्ध तिर्थस्थल बडिमालिका मन्दिर शक्तिपिठहरु मध्ये एक प्रमुख शक्ति पिठकाे रुपमा लिइन्छ । बडिमालिकामा श्रावण शुक्ल चतुर्दशीका दिन पूजा लाग्ने गर्दछ । साे अवसरमा नेपाल स्काउट सुदूरपश्चिम प्रदेश तदर्थ समिति संयोजक श्री नरेन्द्र थापाको नेतृत्वमा बडिमालिका सेवा शिविर सम्पन्न भएको छ । नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदुरपश्चिम प्रदेशको समन्वयमा स्थानीय स्काउट तदर्थ समिति त्रिवेणी नगरपालिका, बुढीगंगा नगरपालिका र बडिमालिका नगरपालिका, बाजुरा जिल्लाका ११८ जना स्काउटरहरुले बडिमालिका नाटेश्वरी सेवा शिविर सञ्चालन गरी भिड तथा लाईन व्यवस्थापन, ढुङ्गे पुल निर्माण, अशक्त यात्रुहरुलाई गन्तव्य सम्म बोकेर पुर्याउने, मन्दिर परिषद् सरसफाइ आदि कार्यहरु गरेका छन् ।
यो बडिमालिका सेवा शिविर ५ दिनकाे रहेको थियो । बडिमालिका धार्मिक स्थलमा बुढीगंगा नगरपालिका, बाजुराका मेयर तथा स्थानीय स्काउट संरक्षक श्री राम बहादुर बानियाँ, प्रमुख स्काउट माया कुमारी कुवँर र त्रिवेणी नगरपालिका, बाजुराका मेयर तथा स्थानिय स्काउट संरक्षक श्री कर्ण बहादुर थापा, प्रमुख स्काउट तथा स्काउट मास्टर श्री कमला कुमारी न्यौपाने ज्यूको उपस्थितिमा नाटेश्वरी क्याम्पफायर पनि सम्पन्न भएको छ । यस्तो पवित्र कार्यमा निस्वार्थ रुपमा सहयोग गर्ने, हातेमालो गर्ने, प्रदेशको दुरदराजमा पनि स्काउटले सेवा दिन सक्छ भनेर प्रमाणित गरेर देखाउने सम्पूर्ण स्थानीय स्काउट तदर्थ समिति संयोजकहरु तथा स्काउटरहरुलाई हृदय देखि धन्यवाद दिन चाहन्छौं ।
जय बडिमालिका !
जय स्काउट !

मालिका स्काउट दल समितिको एक दिने सरसफाई कार्यक्रम सम्पन्न

15August, 2022

सुदूरपश्चिम,

मालिका स्काउट दल समिति श्री मालिका माध्यामिक विधालयको आयोजनामा मालिका व्वायज, गर्ल्स स्काउट ट्रुपमा आबद्ध बालबालिहरुले गाैरीगंगा नगरपालिका चाैमालाको पुरानाे बजार र झिल चाैराहा हुदै वडा न ३ काे कार्यालय परिषद् सरसफाई गरेकाे छन् । सरसफाइ कार्यक्रमको नेतृत्व मालिका स्काउट दल अध्यक्ष,स्काउट मास्टर,तथा मालिका माध्यामिक विधालयका प्रधानाध्यापक श्री रतन प्रसाद जैशीले गर्नु भएको थियोे ।

 

सरसफाई कार्यक्रममा नेपाल प्रहरी र वडा न ३ का अध्यक्ष श्री मनिराम जाेशि,सहायक राष्ट्रिय प्रशिक्षक तथा प्रदेश सल्लाहकार श्री जहरसिह थापा ,विधालय व्यवस्थापन समिति अध्यक्ष, पिएचसि चाैमालाका पदाधिकारीहरुको लगायत ४४ जनाको उपस्थिति रहेको थियो ।

वृक्षारोपण कार्यक्रम सम्पन्न

15August, 2022

२८ श्रावण, सुदूरपश्चिम

श्री जनचेतना आधारभुत विधालय गौरिगंगा न.पा.९ मा रहेको अग्निशिखा ब्वाइज/ गर्ल्स स्काउट ट्रुपका स्काउट मास्टर बिनोद बोहराको नेतृत्वमा १ दिने वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । उक्त वृक्षारोपण कार्यक्रममा गौरिगंगा नगरपालिका वडा नं.९ का जनप्रतिनिहरु, विधालय व्यवस्थापन समिति अध्यक्ष श्री खेम ताडि, सदस्य विरेन्द्र ठगुन्ना, शिक्षक अभिभावक संघका अध्यक्ष श्री लोक बहादुर ओलि, विधालयका प्रधानाध्यापक श्री ममता राय विष्ट, शिक्षक, शिक्षिकाका साथै स्काउट मास्टरको उपस्थिति रहेको थियो । वृक्षारोपण कार्यक्रम विधालयको हाताभित्र भएको हो ।

एक दिने स्काउट क्याम्प सम्पन्न

15August, 2022

२३ श्रावण,

श्रावणको चौथो सोमबार बेहडाबाबा मन्दिरमा शिव पार्वतीको आरधाना गर्न सुदूरपश्चिमका खास गरि दुई जिल्ला कैलाली र कञ्चनपुरबाट भक्तालुजन दर्शन गर्न आउने गर्दछन । गौरिगंगा नगरपालिका चौमालाको मालिका माध्यामिक विद्यालयको मालिका स्काउट दल समिति, मालिका ब्वाइज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरुले बेहडाबाबा मन्दिर परिषदमा भक्तालुजनको सहजताको लागि लाईन व्यवस्थापन, मन्दिर परिषद् सरसफाइ कार्यक्रमका साथै बेहडाबाबा मन्दिरमा लागेको महायज्ञमा उपस्थित भक्तालुजनहरुको भिड व्यवस्थापन गर्न सुरक्षा निकाय तथा बेहडाबाबा व्यवस्थापन समितिलाई सहयोग गरेका छन् ।

उक्त कार्यक्रम सफल पार्नको लागि गौरिगंगा नगरपालिका परिवारले डिजेल, चौमाला क्याम्पस परिवारले गाडिको व्यवस्था, बेहडाबाबा मन्दिर व्यवस्थापन समिति अध्यक्ष पदमराज जोशि ज्युले स्काउटरहरुलाई खाना, नास्ताको व्यवस्थापन गरिदिनु भएकोमा विशेषत धन्यवाद । उक्त कार्यक्रममा सहायक राष्ट्रिय प्रशिक्षक श्री जहरसिंह थापा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री प्रेमराज भट्ट, मालिका स्काउट दल समितिका अध्यक्ष तथा मालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक श्री रतन प्रसाद जैशी, मालिका स्काउट दल समितिका पदाधिकारीहरु, स्काउट मास्टरहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा ३७ जना स्काउटरको उपस्थिति रहेको थियो ।

 

 

सुदूरपश्चिम प्रदेशका १० वटा विधालयमा लागुपदार्थ दुर्व्यसन विरुद्धको एक दिने प्रशिक्षण तालिम सम्पन्न

17July, 2022

नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशको आयोजनामा प्रदेशका ३ वटा स्थानीय तहका १० वटा विधालयमा लागुपदार्थ दुर्व्यसन विरुद्धको एक दिने प्रशिक्षण तालिम सम्पन्न भएको छ । राष्ट्रिय सहायक प्रशिक्षक श्री जहरसिंह थापा,सुदुरपश्चिम तदर्थ समिति सदस्य श्री राज कुमारी महत्तौ, स्काउट मास्टर श्री प्रेमा जोशी,बसन्ती भण्डारी,रतन प्रसाद जैशी,वसन्ती साउँद,उमेश बम,रेन्जर लिडर राधा विष्ट र प्रदेशका कर्मचारीहरुको समन्वय तथा सहकार्यमा स्काउट मास्टर श्री दुर्गा बडाल,आरति बम,सन्दिप भट्ट,पुष्कर अवस्थीले दोधाराचादँनि नगरपालिका,कञ्चनपुरको श्री भानु माध्यामिक विधालय,गौरीगंगा नगरपालिका, कैलालीको श्री जनचेतना आधारभुत विधालय,महादेव मा.वि.शिवालिक आधारभुत विधालय,सरस्वती मा.वि,मालिका मा वि. र धनगढी उपमहानगरपालिकाको श्री पञ्चोदय मा.वि. राष्ट्रिय निम्न मा. वि.,धनगढी नमुना प्राविधिक माध्यमिक विधालय,शारदा मा.वि.का कक्षा ७.८.९, र १० का विधार्थिहरुलाई लागुपदार्थ दुर्व्यसन विरुद्धको १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रशिक्षण कार्यक्रममा ५६७ जना विधार्थिहरुको सहभागिता रहेको थियोे ।

सरस्वती स्काउट ट्रुप सञ्चालनमा

10June, 2022

जेष्ठ २४,
श्री सरस्वती माध्यामिक बिधालय शुक्लाफाटा नगरपालिका-११,अमरपुर कंचनपुरमा प्रधानाध्यापक श्री राजेन्द्र बहादुर ऐर ज्यूको अध्यक्षतामा सरस्वती स्काउट दल गठन भएको छ । स्काउट दल गठनमा श्री कालिका माध्यामिक बिद्यालय असैनाका प्रधानाध्यापक तथा स्काउट मास्टर श्री राघब प्रसाद अवस्थी लगायत विधालय ब्यबस्थापन समिती अध्यक्ष ,शिक्षक/ शिक्षिका,अभिभावक र स्काउट मास्टर श्री लक्ष्मि ढकालका साथै विधालयका बालबालिकाहरुको उल्लेख्य सहभागिता रहेको थियो । साथै सो विधालयमा स्काउट ट्रुप गठन भएको छ । स्काउट मास्टर लक्ष्मि ढकाले स्काउट ट्रुप निरन्तर सञ्चालन गर्नु हुने भएको छ ।

वृक्षारोपण कार्यक्रम सम्पन्न

10June, 2022

जेष्ठ २२,
विश्व वातावरण दिवसको नारा “Ecosystem Restoration” अर्थात् ‘पर्यावरणीय पुर्नस्थापना’ रहेको छ यश नारालाई सफल पार्न नेपाल स्काउट सुदूरपश्चिम प्रदेशले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वृक्षारोपण कार्यक्रममा पुर्व जिल्ला आयुक्त, स्थानिय स्काउट तदर्थ समिति संयोजक,रोबर लिडरहरु, स्काउट मास्टरहरु, स्काउट स्वंयसेवकहरुका साथै प्रदेशका कर्मचारीहरुको उपस्थितीमा विश्व वातावरण दिवशमा विभिन्न किसिमका बोटबिरुवा वृक्षारोपण गरि प्रकृतिलाई स्वच्छ, हराभरा बनाउन वृक्षारोपण गरेको छ ।

सुदूरपश्चिम प्रदेशका चार वटा विधालयमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

15March, 2022

फाल्गुन-१३,

नेपाल स्काउट सुदूरपश्चिम प्रदेशमा 3L ( life long learning) program नेपाल स्काउटका रोबर /रेञ्जर लिडरहरु श्री अमरजित भट्ट, संञ्जय चापागाई, हेलिना कुवँर, आशा भण्डारि, ममता विष्ट बानियाँ, तोयराज जोशीले धनगढी उपमहानगरपालिका-१३, कैलालीको श्री जनता राष्ट्रिय माध्यामिक विधालय,सोही स्थानिय तहको वडा नम्बर १८ फुलबारीको श्री चन्द्रोदय माध्यमिक विधालयमा र टिकापुर नगरपालिका, कैलालीको श्री हिमालय माध्यामिक विधालयमा र भिमदत्त नगरपालिका, कञ्चनपुरको श्री महेन्द्रनगर माध्यामिक विधालयमा १ दिने प्रशिक्षण कार्यक्रम समापन भएको छ । सुदूरपश्चिम प्रदेशका चार वटा स्कुलका जम्मा १७१ विधार्थिहरु सहभागी रहेका थिए ।


बालबालिकाहरुलाई स्काउटिङ्ग गतिविधिका साथै Scouting in the new normal activity pack, be the change online project, leadership mindset, Digital citizen, Digital promise, Shadow pandamic, Helping hand, covid-19 संक्रमण रोकथाम जस्ता विषयमा केन्द्रीकृत भएर बालबालिकाहरु तथा युवाहरुलाई स्काउटको माध्यामबाट नेतृत्व प्रदान गर्न र विश्व परिवेशमा कसरी प्रतिस्पर्धा गर्न अब्बल नागरिक तयार पार्ने बिषयमा छलफल र अर्न्तक्रिया र प्रशिक्षण भएको छ ।


Scouts Founders Day/World Thinking Day 2022

23February, 2022

फाल्गुन,१०
प्रत्येक वर्ष 22 फेब्रुअरीमा, विश्वभरिका स्काउटरहरू स्थानीय, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा (World Thinking Day) विश्व विचार दिवस भनेर विभिन्न कार्यक्रमहरु आयोजना गरि स्काउट स्थापना दिवस मनाउँछन्।

नेपाल स्काउटका संस्थापक लर्ड वेडेन पावेलको जन्मदिनको अवसरमा सुदूरपश्चिम प्रदेशमा रहेका स्काउटमा आबद्ध रोबर,रेन्जर,स्काउट मास्टर,सम्पूर्ण स्काउटर, स्थानिय स्काउट समिति,क्य्रु, ट्रुपमा आबद्ध हुनु भएका स्काउटरहरुले आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएका छन् ।

मन्दिर परिषद,विधालय,गाउँघर,बाटोघाटो,पाटिपौवा, ताल तलैया,सरसफाईकार्यक्रम,चित्रकला,मार्चपास,
दौड,स्काउटसँग आबद्द विभिन्न खेलकुदहरु, नृत्य, गायन, स्थानिय स्काउट कार्यालय स्थापनाका साथै अन्य क्रियाकलाप गराई विश्व स्काउट दिवस मनाएका छन् ।

यतिबेला विश्व जगतले लर्ड वेडेन जन्म दिनको साथै उनले गरेको बृहत् स्काउटिङ्ग गतिविधिको आत्मसाथलाई सम्झेर स्काउट प्रतिज्ञा लिएर लर्ड र लेडि पावेलको फोटोमा अविरसँगै माल्यापर्ण गरेका छन् ।

लर्डको यस्तो किसिमको सोचलाई स्काउट प्रणाम छ । स्काउटिङ्ग गतिविधिले विश्व जगत नै यतिबेला चकित छ । उनको यश किसिमको योगदान प्रसंसनिय छ । बालबालिका र युवाहरूको सर्वाङ्गिण विकास गराई कर्तव्य परायण,अनुशासित,स्वावलम्बि,सच्चरिचवान तथा सुयोग्य नागरिक निर्माण गर्ने स्काउटको उदेश्य रहेको छ ।

स्काउटिङ्ग अभियानका संस्थापक रोवर्ट स्टेफेन्स स्मीथ वेडेन पावेल सन् १८५७ फ्रेबुअरी २२ का दिन जन्मेका थिए । भने विश्व गर्ल गाइड तथा गर्ल स्काउटका चिफ गाइड ओलेभ सेन्ट क्लेयर सोम्स वेडेन पावेल को जन्म सन् १८८९ फ्रेबुअरी २२ का दिन भएको थियो । ३५ वर्षको अन्तर भएका वेडेन पावेल संग वैवाहिक सम्बन्ध स्थापीत गरी आजीवन स्काउटिङ्ग अभियानको विकास र विस्तारमा लागेका यी दुवै को जन्म जयन्तीलाई विश्व विचार दिवस भनेर मनाउँदै आएको पाइन्छ ।

संस्थापक दिवस स्काउटिङ्ग क्यालेन्डरमा एक महत्त्वपूर्ण घटना हो जब विश्वभरिका स्काउट सदस्यहरूले आफ्नो स्काउट प्रतिज्ञालाई पुन: पुष्टि गर्दै आन्दोलनको मूल मूल्यहरूप्रति आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गर्छन्

Surf Smart 2.0 Training सम्पन्न

13February, 2022

माघ १०,

नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयोजनामा आयोजित Surf Smart 2.0 Training of Trainers (TOT) Program कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिकामा स्थित साना किसान सहकारी संस्थाको सभाहलमा समापन भएको छ । उक्त तालिमको अध्यक्षता सुदूरपश्चिम प्रदेश तदर्थ समिति सदस्य श्रीमती खुसरामी चौधरी, प्रमुख अथिति वेदकोट नगरपालिका,कञ्चनपुरका मेयर तथा स्थानिय स्काउट संरक्षक श्री अशोक कुमार चन्द, स्थानिय स्काउट समिति संयोजक श्री हेमराज जोशिको आथित्यमा समापन भएको छ । उक्त तालिममा सुदूरपश्चिम प्रदेशका ३१ जना स्काउटर उपस्थित रहेकामा २४ जना स्काउट मास्टर र स्काउटमा आबद्ध स्वयंसेवकहरुले Surf smart 2.0 training लिएका छन् ।

स्काउट पोसाक वितरण कार्यक्रम

1January, 2022

पौष ७,टिकापुर
नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयोजनामा टिकापुर नगरपालिका प्रमुख तथा स्थानिय स्काउट संरक्षक श्री तपेन्द्र बहादुर रावल ज्युको प्रमुख आथित्यमा स्काउट पोसाक वितरण कार्यक्रम सम्पन्न भएको छ । श्री कर्णाली मा.वि.कर्णाली ट्रुपका बालबालिकालाई स्काउट पोसाक वितरण कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक तथा सुदूरपश्चिम प्रदेशका सल्लाहकार श्री जहरसिंह थापा, सुदूरपश्चिम प्रदेश तदर्थ समिति संयोजक श्री नरेन्द्र थापा,कैलाली जिल्ला पुर्व आयुक्त तथा नेपाल स्काउट सुदूरपश्चिम प्रदेश सल्लाहकार श्री काशीराम ढुङ्गाना,पुर्व जिल्ला संगठन आयुक्त श्री वल बहादुर रावल,शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तथा स्थानीय स्काउट सदस्य सचिव श्री नरेश अवस्थि टिकापुर नगरपालिका प्रशासकीय अधिकृत श्री दमन सिंह चौधरी ज्युको उपस्थितिमा टिकापुर नगरपालिकाका मेयर ज्यूले ट्रुपमा आबद्ध बालबालिकाहरुलाई स्काउट पोसाक हस्तान्तरण गर्नु भएको छ । टिकापुर नगरपालिकाका मेयर ज्युले स्काउटिङ्ग शिक्षालाई प्रत्येक स्कुलमा लागू गर्नुपर्ने र त्यसमा टिकापुर नगरप्रमुखको पुर्ण साथ र सहयोग रहने कुरा बताउनु भएको छ ।

स्काउट पोशाक वितरण कार्यक्रम

1January, 2022

पौष ५, धनगढी
नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशको
आयोजनामा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको
श्री राष्ट्रिय निम्न माध्यामिक विधालयमार श्री धनगढी नमुना
प्राविधिक माध्यमिक विधालयमा स्थानिय स्काउट तदर्थ समिति
धनगढी उपमहानगरपालिका संयोजक श्री रामचन्द्र जोशीले स्काउट
पोशाक ट्रुपमा आबद्ध स्काउट बालबालिकालाई हस्तान्तरण गर्नु भएको हो ।

स्काउट स्वयंमसेवक परिचालन

12December, 2021

 

 

देशका सातवटै प्रदेशमा सञ्चालन भइरहेको ‘टीभीएस रायडर सप्तरंग-३’आज धनगढीमा । धनगढीको चौराहबाट सुरु भएको र्यालि प्रदेश प्रहरी कार्यालयको प्राङ्गणसम्म रहेको थियो। सो र्यालिमा नेपाल स्काउट सुदूरपश्चिम प्रदेशका ५७ जना स्वयंसेवकहरुको सक्रिय सहभागिता रहेको थियो ।

नेपाल स्काउट सुदूरपश्चिम प्रदेशद्वारा टिकापुर नगरपालिका बटनपुरका बाढीपीडितलाई खाधान्न वितरण

24October, 2021

विगत २/३ दिन देखि अविरल वर्षाका कारण कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा न.-८ बटनपुरका बाढि पिडितबाट विस्थापित भएका करिब ६७६ घर परिवारलाई राहत स्वरुप नेपाल स्काउट सुदूरपश्चिम प्रदेश तदर्थ समिताका संयोजक श्री नरेन्द्र थापा स्वयं आफै त्यो ठाउको अवलोकन गरि त्यहाँ विस्थापित भएका बस्तिका बासिन्दालाई ४२ कट्टा चामल, १०० किलो दाल,  १०० किलो नुन टिकापुर नगरपालिका वडा न. -८ का वडा अध्यक्ष ज्यूलाई वितरण गरिदिन भनेर हस्तान्तरण गरेका छौ । सबैले आआफ्नो तहबाट सहयोग गर्न हुन नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेश हार्दिक अपिल गर्दछ ।

बाढीपीडितलाई न्यानो लत्ताकपडा बितरण

10October, 2021

कार्तिक १०, कञ्चनपुर
नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशले स्थानीय स्काउट तदर्थ समिति दोधाराचादनि नगरपालिका,कञ्चनपुरको समन्वयमा त्यहाँका बाढीपीडितहरुको घाऊमा मलम लगाउन वास्तविक बाढीपीडितको लागि भनेर ३०० घरधुरीको लागि चिसोमा लगाउने न्यानो लत्ताकपडा ३०० थान स्थानिय स्काउट तदर्थ समिति र नगर उपप्रमुखलाई हस्तान्तरण गरियो ।

“रक्तदान कार्यक्रम” सम्पन्न

19September, 2021

 

विश्व शान्ति दिवस २०२१ र संविधान दिवस २०७८ को अवसरमा प्रदेश स्काउट कार्यालय, सुदूरपश्चिम प्रदेश, धनगढीको आयोजनामा रक्तसञ्चार केन्द्र कैलाली र स्थानीय स्काउट समिति धनगढी उप-महानगरपालिकासँगको समन्वयमा “रक्तदान कार्यक्रम” यति मिति २०७८/०६/०३ गते बिहान १०:०० बजे देखि दिउँसो २:०० बजे सम्म पार्क मोड, धनगढीमा सुदूरपश्चिम प्रदेश स्काउट तदर्थ समिति सदस्य राजकुमारी महत्तौ, पुर्ब सह-जिल्ला आयुक्त छायाँ श्रेष्ठ र अन्य स्काउट रोभर र रेन्जरको उपस्थितिमा सम्पन्न भएको छ।

 

कार्यक्रममा २३ जना सहभागीहरुले रक्तदान गर्नुभएको थियो। बिश्व शान्ति दिवस २०२१ र संविधान दिवस २०७८ को अवसर पारेर नेपाल स्काउटले देशब्यापी रुपमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

दीक्षा, पद तथा गोपनियताको सपथ कार्यक्रम

3September, 2021

नेपाल स्काउट सुदूरपश्चिम प्रदेश तदर्थ समितिका संयोजक श्री नरेन्द्र थापा ज्युको अध्यक्षतामा कैलाली र कञ्चनपुरका २२ वटा स्थानिय तहका पालिका प्रमुख,उपप्रमुख, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख,स्थानिय संरक्षक,स्थानिय स्काउट प्रमुख,शिक्षा तथा युवा शाखा प्रमुख,स्थानिय स्काउट तदर्थ समितिका संयोजक र पदाधिकारीहरुको उपस्थितिमा प्रदेश संरक्षक सामाजिक विकास मन्त्री माननीय लाल बहादुर खड्का प्रमुख अथिति,विशिष्ट अथिति नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारी,नेपाल स्काउट केन्द्रीय कार्यालयका निर्देशक राम प्रसाद भट्टराई, धनगढी उपमहा नगरपालिकाका मेयर नृप बहादुर वड,घोडाघोडि नगरपालिकाका मेयर ममता प्रसाद चौधरी,भजनि नगरपालिकाका मेयर शेर ब.चौधरी, पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापा,टिकापुर नगरपालिकाका मेयर तपेन्द्र बहादुर रावल ज्यु र विभिन्न पालिकाका उपमेयर,अध्यक्ष,उपाध्यक्षका साथै शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख,स्थानिय स्काउट संयोजकको आथित्यमा प्रदेश स्काउट संरक्षक माननीय सामाजिक विकास मन्त्री र कैलाली र कञ्चनपुर जिल्लाका २२ वटै पालिकाका स्थानिय स्काउट संरक्षक,स्थानिय स्काउट प्रमुख,शिक्षा तथा युवा शाखा प्रमुख,स्थानिय स्काउट तदर्थ समितिका संयोजक र स्थानिय स्काउट समितिका पदाधिकारीहरुलाई दीक्षा कार्यक्रम पद तथा गोपनियताको सपथ खाने कार्यक्रम सम्पन्न भयो ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री माननीय लाल बहादुर खड्का तथा प्रदेश स्काउट संरक्षक ज्युले सुदुरपश्चिम प्रदेशको समृद्धीको साझेदार नेपाल स्काउट बन्ने विस्वास व्यक्त गर्दै स्काउट अभियानको विकास र विस्तारको लागी प्रदेश सरकारको तर्फबाट सबैखाले सहयोग गर्ने बताउनु भयो र त्यसको लागि प्रदेश स्काउटको साथमा रहेर विभिन्न सामग्री उपलब्ध गराउने । स्काउटको माध्यामबाट मास्क अभियानलाई पुर्णता दिने । गत आर्थिक बर्षमा सबै सामुदायिक विधालयमा स्काउट नीति सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

सपथ तथा दीक्षा कार्यक्रमका विशिष्ट अथिती रहनु भएका धनगढी उप-महानगरपालिकाका मेयर तथा स्थानिय स्काउट संरक्षक श्री नृप बहादुर वडले आफू पनि विगतमा स्काउटर भएको कुरा बताउनु भयो । हामिले विभिन्न लडाइँ गर्दै गर्दा स्काउट हराई सक्यो सोचेका थियौं । स्काउट अझै व्यापक बनेको देख्दा खुसि व्यक्त गर्नु भयो । स्काउटिङ्ग शिक्षा हरेक सामुदायिक विधालय र प्राईभेट विधालयमा लागू गरिनु पर्ने देखिएको छ । स्काउटको माध्यामबाट बालबालिका युवाहरुमा भएका नकारात्मक प्रवृत्ति लाई चिर्दै सकरात्मक बढाउदै लैजानु पर्नेमा जोड दिनुपर्छ । स्थानिय स्काउट संरक्षकको नाताले स्काउटलाई हरेक तबरले सहयोग गर्ने बताउनु भयो ।

this is news content

24June, 2021

upload yr news content here