Sudurpashchim

अन्तर पेट्रोल कुकिङ्ग प्रतियोगिता सम्पन्न

पौष ३०,

गौरिगंगा नगरपालिका,कैलाली स्थित श्री आदर्श स्काउट ट्रुपले अन्तर पेट्रोल कुकिङ्ग प्रतियोगिता सम्पन्न गरेको छ । उक्त कार्यक्रममा आदर्श स्काउट दलका अध्यक्ष श्री शंकर बहादुर बुढामगर ,बिधालय व्यवस्थापन समिती अध्यक्ष श्री चक्र बि.क.,सदस्य श्री पहल बि.क,सजनी साउँद, स्काउट मास्टर श्री बिनोद बहादुर बोहरा, समाजसेवी श्री खेम ताडी उपस्थिति रहेको थियो । उक्त ट्रुपका स्काउट मास्टर श्री पुष्कर अवस्थीको नेतृत्वमा कुकिङ्ग प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुने स्काउटमा आबद्ध बालबालिका हरुलाई बधाई छ ।