Sudurpashchim

क्याम्प फायर कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसर पारेर विरेन्द्र विद्या मन्दिर टिकापुर नगरपालिका, कैलालीमा सञ्चालनमा रहेको विरेन्द्र विद्या ब्वाइज/गर्ल स्काउट ट्रुपको आयोजनामा क्याम्प फायर कार्यक्रम सम्पन्न भएको छ । उक्त क्याम्प फायरमा नगर प्रमुख तथा स्थानीय स्काउट संरक्षक श्री रामलाल डगौरा थारू, वडा नं १ का वडा अध्यक्ष श्री मोहन वि.क, सहायक राष्ट्रिय प्रशिक्षक श्री काशी राम जैसी ढुङ्गाना, स्थानीय स्काउट तदर्थ समिति संयोजक श्री तारा साउँद, स्थानिय तदर्थ समितिका पदाधिकारीहरू, स्काउट कार्य दलका पदाधिकारीहरु, स्काउट मास्टर श्री पदम ओझा, सुरेश उपाध्याय, नृप ओझा, शिक्षक, शिक्षिकाहरुका साथै विरेन्द्र विद्या स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरूको सहभागितामा क्याम्प फायर कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।