Sudurpashchim

तेस्रो नगरस्तरिय राष्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता २०७९ मार्चपासमा सहभागी

बुढीगंगा नगरपालिका, बाजुराको आयोजनामा बुढीगंगा नगरपालिका बाजुराका नगर प्रमुख तथा स्थानीय स्काउट संरक्षक श्री राम बहादुर बानियाँको अध्यक्षता, समाजसेवी श्री भरत बहादुर थापाको प्रमुख आथित्यमा तेस्रो नगरस्तरिय राष्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता २०७९ माघ २८ गते समुदघाटन भएको छ । उक्त प्रतियोगितामा नगरपालिकासँग समन्वय गरि भानोदय ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरु मार्चपासमा सहभागी भएका थिए । रनिङ सिल्ड प्रतियोगिता माघ २८ गते बाट सुरु भई फाल्गुन ०१ गते समापन हुनेछ । सो अवधिभर भानोदय स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरुले स्वयंसेवकको भुमिका निर्वाह गर्ने स्थानीय स्काउट संयोजक तथा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक श्री चेतराज जैशिले बताउनु भएको छ । सो प्रतियोगितामामा बुढीगंगा नगरपालिकाका १० वटा वडाका वडा अध्यक्ष लगायत वडा पदाधिकारीहरु, समाजसेवी, राजनितिमा आबद्ध व्यक्तित्वहरुको सहभागिता रहेकाे थियो ।