Sudurpashchim

दिक्षान्त तथा स्काउट अभिमुखीकरण कार्यक्रम सम्पन्न

५ माघ,

घोडाघोडी नगरपालिका वडा नं ११, कैलाली स्थित श्री पहलमानसिंह मेमोरियल ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध बालबालिहरुको दिक्षान्त तथा स्काउट अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्काउट तदर्थ समिति घोडाघोडी नगरपालिका कैलाली संयोजक श्री सुनिता बोहराको प्रमुख आतिथ्य, पहलमानसिंह मेमोरियल स्काउट दलका अध्यक्ष तथा विधालयका प्रधानाध्यापक श्री प्रेम प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कान्ति ब्वायज/ गर्ल्स ट्रुपका स्काउट मास्टर तथा घोडाघोडि नगरपालिका स्काउट सदस्यता वृद्धि संयोजक श्री भीमराज अम्मैले स्काउटहरूलाई अभिमुखीकरण गर्नु भएको थियो । सहायक स्काउट मास्टर श्री भोजरानी चौधरी, स्काउटमा आबद्ध बालबालिकाको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन पहलमानसिंह मेमोरियल स्काउट दलका स्काउट मास्टर श्री सरादु चौधरीले गर्नु भएको थियो ।