Sudurpashchim

नेपाल स्काउट सुदूरपश्चिम प्रदेशद्वारा टिकापुर नगरपालिका बटनपुरका बाढीपीडितलाई खाधान्न वितरण

विगत २/३ दिन देखि अविरल वर्षाका कारण कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा न.-८ बटनपुरका बाढि पिडितबाट विस्थापित भएका करिब ६७६ घर परिवारलाई राहत स्वरुप नेपाल स्काउट सुदूरपश्चिम प्रदेश तदर्थ समिताका संयोजक श्री नरेन्द्र थापा स्वयं आफै त्यो ठाउको अवलोकन गरि त्यहाँ विस्थापित भएका बस्तिका बासिन्दालाई ४२ कट्टा चामल, १०० किलो दाल,  १०० किलो नुन टिकापुर नगरपालिका वडा न. -८ का वडा अध्यक्ष ज्यूलाई वितरण गरिदिन भनेर हस्तान्तरण गरेका छौ । सबैले आआफ्नो तहबाट सहयोग गर्न हुन नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेश हार्दिक अपिल गर्दछ ।