Sudurpashchim

महन्याल बाबाको धाममा लाइन व्यवस्थापन तथा सरसफाई कार्यक्रम सम्पन्न

स्काउट मास्टर तथा श्री मालिका माध्यामिक विधालयका प्रधानाध्यापक श्री रतन प्रसाद जैशीको नेतृत्वमा श्री मालिका स्काउट दलको आयोजनामा मालिका ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरुले गौरिगंगा नगरपालिका,चाैमाला कैलालीको श्री महन्याल बाबाको धाममा भक्तालुजनहरुको घुइँचो हुने भएकाले सो धाममा लाइन व्यवस्थापन तथा सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् । महन्याल बाबा धामका अध्यक्ष तथा सम्पुर्ण मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुको सहयोग तथा समन्व रहेको थियो ।