Sudurpashchim

महिला हिंसा तथा छाउपडि प्रथा न्युनिकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

माघ २६,

नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशको आयोजना स्थानिय स्काउट कार्यालयको समन्वय तथा नौगाड गाउँपालिका, दार्चुलाको आर्थिक सहयोगमा महिला हिंसा तथा छाउपडि प्रथा अन्त्यका लागि जनचेतनामुलक कार्यक्रम नौगाड गाउँपालिका- ५, दार्चुलामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा गाउँपालिकाले १०० थान सेनेटरि प्याड सहयोग गरेको छ । कार्यक्रममा दलित तथा विपन्न महिलाहरुलाई सेनेटरी प्याड र मास्क वितरण गरिएको छ । कैलासपति क्र्युकि लिडर श्री सर्मिला मन्यालको नेतृत्वमा क्र्युमा आबद्ध रोभर रेञ्जरहरुको सहभागितामा सम्पन्न कार्यक्रम १ हप्तासम्म निरन्तर चलिरहने छ ।

 

महिला हिंसा तथा छाउपडि प्रथा न्युनिकरण गर्ने उद्देश्यले सञ्चालित जनचेतनामूलक कार्यक्रम आज मिति २०७९ माघ २७ गते नौगाड गाउँपालिका-४,दार्चुलामा सम्पन्न भएको छ। नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशको आयोजना स्थानिय स्काउट कार्यालयको समन्वय तथा नौगाड गाउँपालिकाको कार्यालय, दार्चुलाको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रममा वडा -४ का ३१ जना दलित महिलाहरुलाई सेनिटरी प्याड तथा मास्क वितरण गरिएको छ र श्री दुर्गा भवानी आधारभुत विधालयका कक्षा ६ देखि ८ सम्मका १६७ जना विद्यार्थीहरुको सहभागितामा महिला हिंसा सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरिएको छ । उक्त जनचेतना मुलक कार्यक्रममा सहभागिहरुलाई स्काउट अभिमुखिकरण कैलासपति स्काउट क्रयु कि क्र्यु लिडर श्री सर्मिला मन्यालले गर्नु भएको छ । यस कार्यक्रमबाट वडा ४ का करिब १५० घरधुरी प्रभावित भएका छन् ।

महिला हिंसा तथा छाउपडि प्रथा न्युनिकरण गर्ने उद्देश्यले सञ्चालित जनचेतनामूलक कार्यक्रम मिति २०७९ माघ २८ गते नौगाड गाउँपालिका-४, दार्चुलाको पारिसिप्टि समुदायमा कैलासपति क्र्युमा आबद्ध रोभर रेन्जरहरुको सहयोगमा सम्पन्न भएको छ ।

नौगाड गाउँपालिका-४, दार्चुलाको वारिसिप्टिमा महिला हिंसा तथा छाउपडि प्रथा न्युनिकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम मिति २०७९ फाल्गुन १ गते सम्पन्न भएको छ ।