Sudurpashchim

“महिला हिंसा विरुद्धको १ दिने प्रशिक्षण कार्यक्रम” सम्पन्न

मंसिर १६,
नवदुर्गा स्काउट दलको आयोजनामा नवदुर्गा ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरु तथा विधालयका अन्य छात्रछात्राहरुको सहभागितामा
“महिला हिंसा विरुद्धको १ दिने प्रशिक्षण कार्यक्रम” सम्पन्न भएको छ । विधालयको प्राङ्गणमा भएको सो कार्यक्रमको नेतृत्व स्काउट मास्टर श्री शान्ति चन्द पालले गर्नु भएको थियोे भने महिला हिंसा विरुद्धको १६ दिने अभियान सम्बन्धि प्रशिक्षण वडा १२ का वडा अध्यक्ष श्री शेर बहादुर कुवँर, स्काउट मास्टर, विधालयका प्रधानाध्यापक तथा स्काउट दलका अध्यक्ष श्री हरिश चन्द चौधरी, अस्थायी प्रहरी पोष्ट जुगेडा इन्चार्ज श्री रोहित कुवँरले गर्नु भएको थियोे । उक्त कार्यक्रम धनगढी उपमहानगरपालिका-१२ जुगेडा कैलालीको श्री नवदुर्गा आधारभुत विधालयमा भएको थियोे । सो प्रशिक्षण कार्यक्रममा विधालयका करिब ३०० बालबालिकाको सहभागिता थियोे ।