Sudurpashchim

महिला हिंसा सम्बन्धि वक्तित्वकला प्रतियोगिता सम्पन्न

“महिला हिंसा” विषयमा वक्तित्वकला प्रतियोगिता टिकापुर नगरपालिका,खक्रौला कैलालीको श्री भानुभक्त राष्ट्रिय आधारभुत विधालयमा सम्पन्न भएको छ । महिला हिंसा सम्बन्धि वक्तित्वकला प्रतियोगिता सञ्चालन स्काउट मास्टर श्री मदन खड्काले गर्नु भएको थियोे । उक्त कार्यक्रममा टिकापुर नगरपालिका, कैलाली वडाका वडा सदस्य भरत साउँद,विधालयका प्रधानाध्यापक तथा स्काउट दलका अध्यक्ष श्री माया साउँद तथा विधालय व्यवस्थापन समितिका पदाधिकारीहरु,शिक्षक अभिभावक संघका पदाधिकाहरु लगायत भानुभक्त ब्वायज गर्ल्स स्काउट ट्रुपमा आवद्ध ३२ जना बालबालिकाहरु तथा अन्य ६५ जना छात्रछात्राहरुको सहभागिता रहेको थियो ।वक्तित्वकला प्रतियोगितामा प्रथम स्थान ट्रुपमा आबद्ध कक्षा ८ कि छात्रा श्री करुणा चौधरी क्रमस दोस्रो स्थान श्री मञ्जु निशाध, तेस्रो स्थान श्री एलिसा चौधरी र चौथो स्थान श्री गौतम लुहारले प्राप्त गर्नु भएको छ ।