Sudurpashchim

मालिका स्काउट दल समितिको एक दिने सरसफाई कार्यक्रम सम्पन्न

सुदूरपश्चिम,

मालिका स्काउट दल समिति श्री मालिका माध्यामिक विधालयको आयोजनामा मालिका व्वायज, गर्ल्स स्काउट ट्रुपमा आबद्ध बालबालिहरुले गाैरीगंगा नगरपालिका चाैमालाको पुरानाे बजार र झिल चाैराहा हुदै वडा न ३ काे कार्यालय परिषद् सरसफाई गरेकाे छन् । सरसफाइ कार्यक्रमको नेतृत्व मालिका स्काउट दल अध्यक्ष,स्काउट मास्टर,तथा मालिका माध्यामिक विधालयका प्रधानाध्यापक श्री रतन प्रसाद जैशीले गर्नु भएको थियोे ।

 

सरसफाई कार्यक्रममा नेपाल प्रहरी र वडा न ३ का अध्यक्ष श्री मनिराम जाेशि,सहायक राष्ट्रिय प्रशिक्षक तथा प्रदेश सल्लाहकार श्री जहरसिह थापा ,विधालय व्यवस्थापन समिति अध्यक्ष, पिएचसि चाैमालाका पदाधिकारीहरुको लगायत ४४ जनाको उपस्थिति रहेको थियो ।