Sudurpashchim

मास्कको अनिवार्य प्रयोग अभियान

१३ असोज,
Unicef Nepal तथा नेपाल स्काउटको सहयोगमा ट्राफिक प्रहरीसंगको समन्वयमा प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशको आयोजनामा संचालित Mask Campaign (मास्क अभियान) अन्तर्गत सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरु (भिडभाड हुने क्षेत्र, बस पार्क, नेपाल भारत सिमा नाका) मा धुलो, धुवाँ तथा COVID-19 जस्ता विभिन्न सरुवा रोगहरुबाट बच्न मास्कको अनिवार्य प्रयोग गरौं भन्ने सचेतना फैलाउदै मास्क वितरण कार्यक्रमको सुरुवात भएको छ ।