Sudurpashchim

मास्क सुनिश्चितता कार्यक्रम सम्पन्न

९ असोज,

नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयोजनामा स्थानीय स्काउट तदर्थ समितिको समन्वयमा गौरिगंगा नगरपालिका कैलालीको श्री जनजाग्रती आधारभूत बिधालयमा दस हजार पाँच सय थान मास्क विधालयका प्रधानाध्यापक श्री सुरेन्द्र कुमार धामी ज्युलाई स्थानीय स्काउट तदर्थ समिति संयोजक श्री लक्ष्मण ओझाले हस्तान्तरण गर्नु भएको छ । उक्त मास्क सुनिश्चितता कार्यक्रममा नगर उपप्रमुख तथा स्थानीय प्रमुख स्काउट श्री भोज बहादुर बम ,वडा नम्बर ३ का वडा अध्यक्ष श्री मनिराज जोशी, स्काउट मास्टर पुष्कर अवस्थी , कार्यपालिका सदस्य श्री मदन बि.क तथा पत्रकार श्री दिनेश दहितको उपस्थिति रहेको थियोे ।