Sudurpashchim

मास्क हस्तान्तरण तथा ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयोजना र स्थानीय स्काउट तदर्थ समिति गौरिगंगा नगरपालिका कैलालीको ट्राफिकसँगको समन्वयमा गौरिगंगा नगरपालिका वडा नम्बर ९ मा अवस्थित श्री शिवालिक आधारभूत विधालयमा मास्क हस्तान्तरण तथा ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्काउट तदर्थ समिति गौरिगंगा नगरपालिका कैलाली संयोजक श्री लक्ष्मण ओझाले उक्त विधालयका प्रधानाध्यापक श्री खगेन्द्र कुमार खाती ज्युलाई मास्क हस्तान्तरण गर्नु भएको थियोे ।
ट्राफिक नियम :
१) बाटो काट्दा जहिलेपनि जेब्रा क्रसिङ बाट मात्र बाटो काट्ने
२)जेब्रा क्रसिङ नभएको ठाउँमा साना भाइबहिनीहरुले अभिभावकसँग बाटो काट्ने,
३)ठुला भाइबहिनीहरुले दायाँ बायाँ हेरेर गाडी नआएको सुनिश्चित भएपछि मात्र बाटो काट्ने,
४)ट्राफिक बत्ती भएको ठाउँमा हरियो बत्ति बलेको बेला मात्र बाटो काट्ने ,
५)बाटोको दायाँ बायाँमा हिड्दा किनारामा मात्र हिड्ने ,
६)बाटोमा नखेल्ने ।
बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न तपाईं हामी सबैको दायित्व रहेको अस्थाई ट्राफिक पोष्ट मसुरियाका प्रहरी सहायक निरीक्षक वीर बहादुर बिष्टले बताएका छन् । उनका अनुसार बाटो काट्दा सावधानी पुर्वक बाटो काट्नु पर्ने समेत बताएका हुन् ।
स्काउट मास्टर पुष्कर अवस्थी र बिनोद बहादुर बोहराले स्काउट के हो ? यसले के कस्ता कार्यहरु गर्छ ? स्काउटको उदेश्य के हो ?स्काउटमा आबद्ध कसरी हुने ? भन्ने विषयमा विधालयका बालबालिकालाई प्रशिक्षण दिएका छन् । विद्यार्थीहरुलाई कक्षा सहजीकरणमा स्काउट मास्टर बसन्ती साउद र आरती बमले सहयोग गर्नु भएको थियो ।