Sudurpashchim

मास्क हस्तान्तरण तथा सरसफाइ कार्यक्रम सम्पन्न

श्री जनचेतना आधारभुत विधालय गौरिगंगा न.पा.९ मा रहेको अग्निशिखा ब्वाइज/ गर्ल्स स्काउट ट्रुपका स्काउट मास्टर बिनोद बोहराको नेतृत्वमा १ दिने वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । उक्त वृक्षारोपण कार्यक्रममा गौरिगंगा नगरपालिका वडा नं.९ का जनप्रतिनिहरु, विधालय व्यवस्थापन समिति अध्यक्ष श्री खेम ताडि, सदस्य विरेन्द्र ठगुन्ना, शिक्षक अभिभावक संघका अध्यक्ष श्री लोक बहादुर ओलि, विधालयका प्रधानाध्यापक श्री ममता राय विष्ट, शिक्षक, शिक्षिकाका साथै स्काउट मास्टरहरु लगायत ३५ जनाको उपस्थिति रहेको थियो । वृक्षारोपण कार्यक्रम विधालयको हाताभित्र भएको थियो । साथै स्थानीय स्काउट तदर्थ समिति संयोजक श्री लक्ष्मण ओझा ज्युले विधालयका प्रधानाध्यापक ज्युलाई मास्क हस्तान्तरण गर्नु भयो ।