Sudurpashchim

मेलघट्टी स्काउट ट्रुपमा‌ आबद्ध ३२ जना विद्यार्थीहरूदिक्षित

घोडाघोडी नगरपालिका कैलाली वडा नं ८ दिपनगर स्थित श्री मेलघट्टी मा.वि.मा सञ्चालित श्री मेलघट्टी स्काउट ट्रुपमा‌ आबद्ध विद्यार्थीहरूको स्काउट अभिमुखीकरण तथा दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ । श्री मेलघट्टी स्काउट दलका अध्यक्ष तथा विधालयका प्रधानाध्यापक श्री खडक कठायतको अध्यक्षता तथा स्थानिय स्काउट तदर्थ समिति घोडाघोडी नगरपालिका कैलाली संयोजक श्री सुनिता बोहराको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्काउटमा आबद्ध विद्यार्थीहरूलाई घोडाघोडी नगर स्काउट सदस्यता वृद्धि संयोजक तथा श्री कान्ति स्काउट दलका स्काउट मास्टर श्री भीमराज अम्मैले अभिमुखीकरण गर्नु भएको थियो । साथै श्री कान्ति गर्ल्स स्काउट ट्रुपकी लिडर श्री एन्जिला सापकोटाले आफ्नो विद्यालयले‌ सञ्चालन गरेको स्काउट गतिविधि प्रस्तुत गरेकी थिइन्। कार्यक्रम सञ्चालन स्काउट मास्टर चन्द्रप्रकाश लामिछानेले सञ्चालन गर्नुभएको थियो भने स्काउटमा आबद्द बालबालिकाहरुलाई दिक्षान्त स्थानिय स्काउट तदर्थ समिति संयोजक श्री सुनिता बोहराले १६ जना गर्ल्स र स्काउट मास्टर श्री चन्द्र लामिछानेले १६ जना ब्वायज गरि ३२ जना बालबालिका दिक्षित भएका छन् ।