Sudurpashchim

लागू पदार्थ दुर्व्यशनी तथा ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

३ असोज,
संविधान दिवसको अवसरमा “लागू पदार्थ दुर्व्यशनी तथा ट्राफिक नियम ” बारे स्थानीय स्काउट तदर्थ समिति शुक्लाफाटा नगरपालिका कञ्चनपुर र ईलाका प्रहरी कार्यालय झलारीकाे संयुक्त आयाेजनामा सचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त सचेतना कार्यक्रममा वडा ११ का अध्यक्ष शेर वहादुर साँउद, इलाका प्रहरी प्रमुख ज्ञान बहादुर सिंह, नि-वर्तमान वडा अध्यक्ष दिल बहादुर बुढा, ट्राफिक प्रहरी कलुवापुुरका ईन्चार्जका, स्थानीय स्काउट पदाधिकारी, कालिका व्वायज/ गर्ल्स स्काउट ट्रुप र सरस्वती व्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध बालबालिकाको सहभागी रहेको थियो ।