Sudurpashchim

लैंगिक हिंसा विरुद्धको १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

“लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान”को क्रममा आज मिति २०७९ मंसिर १३ गतेका दिन दोधारा चाँदनि नगरपालिका, कञ्चनपुरको श्री शारदा सरस्वती माध्यामिक विद्यालयमा लैंगिक हिंसा विरुद्धको १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा दोधारा चाँदनि नगरपालिका, कञ्चनपुर स्थानिय स्काउट तदर्थ समिति संयोजक तथा स्काउट मास्टर श्री दुर्गा बडवाल र स्काउट मास्टर श्री पदम सिंह साउँदले विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको छ र कार्यक्रममा ९४ जना शारदा ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध बालबालिका तथा कक्षा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।