Sudurpashchim

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

” घरबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने मुल नारालाई सफल पार्न लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान स्काउट मास्टर श्री भिमराज अम्मैको नेतृत्वमा घोडाघोडि नगरपालिका, पहलमानपुर कैलालीमा स्थित श्री कान्तिराज्य लक्ष्मी माध्यामिक विधालयमा सञ्चालित कान्तिराज्य ब्वायज/गर्ल्स स्काउट ट्रुपको सहभागितामा पहलमानपुर बजार परिषदमा र्यालि तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन सो विधालयको प्राङ्गणमा मिति २०७९ मंसिर २३ गते शुक्रबार दिन भव्यताका साथ सम्पन्न भएको छ ।