Sudurpashchim

वृक्षारोपण कार्यक्रम सम्पन्न

२८ श्रावण, सुदूरपश्चिम

श्री जनचेतना आधारभुत विधालय गौरिगंगा न.पा.९ मा रहेको अग्निशिखा ब्वाइज/ गर्ल्स स्काउट ट्रुपका स्काउट मास्टर बिनोद बोहराको नेतृत्वमा १ दिने वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । उक्त वृक्षारोपण कार्यक्रममा गौरिगंगा नगरपालिका वडा नं.९ का जनप्रतिनिहरु, विधालय व्यवस्थापन समिति अध्यक्ष श्री खेम ताडि, सदस्य विरेन्द्र ठगुन्ना, शिक्षक अभिभावक संघका अध्यक्ष श्री लोक बहादुर ओलि, विधालयका प्रधानाध्यापक श्री ममता राय विष्ट, शिक्षक, शिक्षिकाका साथै स्काउट मास्टरको उपस्थिति रहेको थियो । वृक्षारोपण कार्यक्रम विधालयको हाताभित्र भएको हो ।