Sudurpashchim

सरसफाई कार्यक्रम सम्पन्न

मालिका स्काउट दल समिति चाैमालाको आयोजनामा मालिका व्वायज/गर्ल्स स्काउट ट्रुपमा आबद्ध बालबालिहरुले गाैरीगंगा नगरपालिका चाैमालाको पुरानाे बजार र झिल चाैराहा हुदै वडा नं ३ काे कार्यालय परिषद् सरसफाई गरेकाे छन् । सरसफाइ कार्यक्रमको नेतृत्व मालिका स्काउट दल अध्यक्ष, स्काउट मास्टर तथा मालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक श्री रतन प्रसाद जैशीले गर्नु भएको थियोे । सरसफाई कार्यक्रममा नेपाल प्रहरी र वडा नं ३ का अध्यक्ष श्री मनिराम जाेशी, सहायक राष्ट्रिय प्रशिक्षक तथा प्रदेश सल्लाहकार श्री जहरसिह थापा ,विद्यालय व्यवस्थापन समिति अध्यक्ष, पि.एच.सि. चाैमालाका पदाधिकारीहरु लगायत ४४ जनाको उपस्थिति रहेको थियो ।