Sudurpashchim

सरस्वती स्काउट ट्रुप सञ्चालनमा

जेष्ठ २४,
श्री सरस्वती माध्यामिक बिधालय शुक्लाफाटा नगरपालिका-११,अमरपुर कंचनपुरमा प्रधानाध्यापक श्री राजेन्द्र बहादुर ऐर ज्यूको अध्यक्षतामा सरस्वती स्काउट दल गठन भएको छ । स्काउट दल गठनमा श्री कालिका माध्यामिक बिद्यालय असैनाका प्रधानाध्यापक तथा स्काउट मास्टर श्री राघब प्रसाद अवस्थी लगायत विधालय ब्यबस्थापन समिती अध्यक्ष ,शिक्षक/ शिक्षिका,अभिभावक र स्काउट मास्टर श्री लक्ष्मि ढकालका साथै विधालयका बालबालिकाहरुको उल्लेख्य सहभागिता रहेको थियो । साथै सो विधालयमा स्काउट ट्रुप गठन भएको छ । स्काउट मास्टर लक्ष्मि ढकाले स्काउट ट्रुप निरन्तर सञ्चालन गर्नु हुने भएको छ ।