Sudurpashchim

सुदूरपश्चिम प्रदेशका चार वटा विधालयमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

फाल्गुन-१३,

नेपाल स्काउट सुदूरपश्चिम प्रदेशमा 3L ( life long learning) program नेपाल स्काउटका रोबर /रेञ्जर लिडरहरु श्री अमरजित भट्ट, संञ्जय चापागाई, हेलिना कुवँर, आशा भण्डारि, ममता विष्ट बानियाँ, तोयराज जोशीले धनगढी उपमहानगरपालिका-१३, कैलालीको श्री जनता राष्ट्रिय माध्यामिक विधालय,सोही स्थानिय तहको वडा नम्बर १८ फुलबारीको श्री चन्द्रोदय माध्यमिक विधालयमा र टिकापुर नगरपालिका, कैलालीको श्री हिमालय माध्यामिक विधालयमा र भिमदत्त नगरपालिका, कञ्चनपुरको श्री महेन्द्रनगर माध्यामिक विधालयमा १ दिने प्रशिक्षण कार्यक्रम समापन भएको छ । सुदूरपश्चिम प्रदेशका चार वटा स्कुलका जम्मा १७१ विधार्थिहरु सहभागी रहेका थिए ।


बालबालिकाहरुलाई स्काउटिङ्ग गतिविधिका साथै Scouting in the new normal activity pack, be the change online project, leadership mindset, Digital citizen, Digital promise, Shadow pandamic, Helping hand, covid-19 संक्रमण रोकथाम जस्ता विषयमा केन्द्रीकृत भएर बालबालिकाहरु तथा युवाहरुलाई स्काउटको माध्यामबाट नेतृत्व प्रदान गर्न र विश्व परिवेशमा कसरी प्रतिस्पर्धा गर्न अब्बल नागरिक तयार पार्ने बिषयमा छलफल र अर्न्तक्रिया र प्रशिक्षण भएको छ ।