Sudurpashchim

“सैनिक प्रदर्शनी तथा UNITY RUN-2079″अवलोकन

महाशिवरात्रि तथा २६०औँ नेपाली सेना दिवसको अवसरमा कैलालीको बोराडाडिको श्री सुदूरपश्चिम पृतना हे.क्वा.द्वारा आयोजना गरिएको विविध “सैनिक प्रदर्शनी तथा UNITY RUN-2079” मा विभिन्न स्काउट ट्रुपमा आबद्ध १३६ जना बालबालिकाहरुले सैनिक प्रदशनि अवलोकन गरेका छन् । प्रदेश स्काउट तदर्थ समिति संयोजक श्री नरेन्द्र थापाको नेतृत्वमा राष्ट्रिय प्रशिक्षक तथा प्रदेश सल्लाहकार समिति सदस्य श्री जहरसिंह थापा,प्रदेश सहायक श्री राजेन्द्र बानियाँ, स्काउट मास्टर तथा घोडाघोडि नरगरपालिका स्थानिय स्काउट सदस्यता वृद्धि संयोजक श्री भिमराज अम्मै लगायत राष्ट्रिय स्काउट ट्रुप,पञ्चोदय स्काउट ट्रुप,धनगढि नमुना स्काउट ट्रुप,कान्ति स्काउट ट्रुप,एभरेष्ट स्काउट ट्रुप,समैजि स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरुका उपस्थित रहेको थियो । उक्त प्रदर्शनी कार्यक्रम फाल्गुन १२ र १३ गते सम्म रहनेछ ।