Sudurpashchim

स्काउट पोसाक वितरण कार्यक्रम

पौष ७,टिकापुर
नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयोजनामा टिकापुर नगरपालिका प्रमुख तथा स्थानिय स्काउट संरक्षक श्री तपेन्द्र बहादुर रावल ज्युको प्रमुख आथित्यमा स्काउट पोसाक वितरण कार्यक्रम सम्पन्न भएको छ । श्री कर्णाली मा.वि.कर्णाली ट्रुपका बालबालिकालाई स्काउट पोसाक वितरण कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक तथा सुदूरपश्चिम प्रदेशका सल्लाहकार श्री जहरसिंह थापा, सुदूरपश्चिम प्रदेश तदर्थ समिति संयोजक श्री नरेन्द्र थापा,कैलाली जिल्ला पुर्व आयुक्त तथा नेपाल स्काउट सुदूरपश्चिम प्रदेश सल्लाहकार श्री काशीराम ढुङ्गाना,पुर्व जिल्ला संगठन आयुक्त श्री वल बहादुर रावल,शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तथा स्थानीय स्काउट सदस्य सचिव श्री नरेश अवस्थि टिकापुर नगरपालिका प्रशासकीय अधिकृत श्री दमन सिंह चौधरी ज्युको उपस्थितिमा टिकापुर नगरपालिकाका मेयर ज्यूले ट्रुपमा आबद्ध बालबालिकाहरुलाई स्काउट पोसाक हस्तान्तरण गर्नु भएको छ । टिकापुर नगरपालिकाका मेयर ज्युले स्काउटिङ्ग शिक्षालाई प्रत्येक स्कुलमा लागू गर्नुपर्ने र त्यसमा टिकापुर नगरप्रमुखको पुर्ण साथ र सहयोग रहने कुरा बताउनु भएको छ ।