Sudurpashchim

२२ जना अनाथ बालबालिकाहरुलाई कापी, कलम,मास्क,सेनिटाइजर वितरण कार्यक्रम सम्पन्न

कैलासपति ब्वायज/ गर्ल्स स्काउट क्र्युले आयोजना गरेको देउसी भैलो कार्यक्रम २०७९ बाट संकलन गरेको रकमबाट क्र्यु लिडर श्री सर्मिला मन्यालको नेतृत्वमा सो क्र्युमा आबद्ध ५ जना स्काउट रेञ्जरहरुको सहभागितामा महाकाली नगरपालिका दार्चुलामा रहेको श्री महेन्द्र मोडल माध्यमिक विधालयको छात्रबासमा बस्ने २० जना बालबाबालिकाहरु तथा हालसालैको बाढी पहिरोबाट आमाबुबा गुमाएका २ जना गरि २२ जना अनाथ बालबालिकाहरुलाई कापी, कलम,मास्क,सेनिटाइजर वितरण गरिएको छ । साथै नेपाल स्काउटको समन्वय तथा युनिसेफ नेपालको सहयोगमा श्री वसन्त भ्यालि पब्लिक स्कुलमा अध्ययनरत बालबालिकाहरुलाई मास्क वितरण कार्यक्रम सम्पन्न भएको छ ।