Sudurpashchim

Scouts Founders Day/World Thinking Day 2022

फाल्गुन,१०
प्रत्येक वर्ष 22 फेब्रुअरीमा, विश्वभरिका स्काउटरहरू स्थानीय, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा (World Thinking Day) विश्व विचार दिवस भनेर विभिन्न कार्यक्रमहरु आयोजना गरि स्काउट स्थापना दिवस मनाउँछन्।

नेपाल स्काउटका संस्थापक लर्ड वेडेन पावेलको जन्मदिनको अवसरमा सुदूरपश्चिम प्रदेशमा रहेका स्काउटमा आबद्ध रोबर,रेन्जर,स्काउट मास्टर,सम्पूर्ण स्काउटर, स्थानिय स्काउट समिति,क्य्रु, ट्रुपमा आबद्ध हुनु भएका स्काउटरहरुले आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएका छन् ।

मन्दिर परिषद,विधालय,गाउँघर,बाटोघाटो,पाटिपौवा, ताल तलैया,सरसफाईकार्यक्रम,चित्रकला,मार्चपास,
दौड,स्काउटसँग आबद्द विभिन्न खेलकुदहरु, नृत्य, गायन, स्थानिय स्काउट कार्यालय स्थापनाका साथै अन्य क्रियाकलाप गराई विश्व स्काउट दिवस मनाएका छन् ।

यतिबेला विश्व जगतले लर्ड वेडेन जन्म दिनको साथै उनले गरेको बृहत् स्काउटिङ्ग गतिविधिको आत्मसाथलाई सम्झेर स्काउट प्रतिज्ञा लिएर लर्ड र लेडि पावेलको फोटोमा अविरसँगै माल्यापर्ण गरेका छन् ।

लर्डको यस्तो किसिमको सोचलाई स्काउट प्रणाम छ । स्काउटिङ्ग गतिविधिले विश्व जगत नै यतिबेला चकित छ । उनको यश किसिमको योगदान प्रसंसनिय छ । बालबालिका र युवाहरूको सर्वाङ्गिण विकास गराई कर्तव्य परायण,अनुशासित,स्वावलम्बि,सच्चरिचवान तथा सुयोग्य नागरिक निर्माण गर्ने स्काउटको उदेश्य रहेको छ ।

स्काउटिङ्ग अभियानका संस्थापक रोवर्ट स्टेफेन्स स्मीथ वेडेन पावेल सन् १८५७ फ्रेबुअरी २२ का दिन जन्मेका थिए । भने विश्व गर्ल गाइड तथा गर्ल स्काउटका चिफ गाइड ओलेभ सेन्ट क्लेयर सोम्स वेडेन पावेल को जन्म सन् १८८९ फ्रेबुअरी २२ का दिन भएको थियो । ३५ वर्षको अन्तर भएका वेडेन पावेल संग वैवाहिक सम्बन्ध स्थापीत गरी आजीवन स्काउटिङ्ग अभियानको विकास र विस्तारमा लागेका यी दुवै को जन्म जयन्तीलाई विश्व विचार दिवस भनेर मनाउँदै आएको पाइन्छ ।

संस्थापक दिवस स्काउटिङ्ग क्यालेन्डरमा एक महत्त्वपूर्ण घटना हो जब विश्वभरिका स्काउट सदस्यहरूले आफ्नो स्काउट प्रतिज्ञालाई पुन: पुष्टि गर्दै आन्दोलनको मूल मूल्यहरूप्रति आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गर्छन्