Sudurpashchim

विधालयमा मास्क बैंक स्थापना

कैलाली, चैत्र-१३
नेपाल स्काउट प्रदेश स्काउट कार्यालयको आयोजनामा नेपाल स्काउटको सहकार्य र युनिसेफ नेपालको सहयोगमा विधालयमा मास्क बैंक स्थापना गर्ने उदेश्यले धनगढी उपमहानगरपालिका-१८, फुलबारीको श्री चन्द्रोदय माध्यामिक विधालय,कैलारी गाउँपालिका-२ मा अवस्थित श्री कैलाली जनकल्याण आधारभु विधालय र कैलारी गाउपालिका-४ मा रहेको श्री जन कल्याण माध्यामिक विधालयलाई स्थानिय स्काउट तदर्थ समिति धनगढी उपमहानगरपालिका संयोजक श्री रामचन्द्र जोशि र स्थानिय स्काउट तदर्थ समिति कैलारी गाउँपालिका संयोजक श्रीमती झुमा देवी चौधरीले विधालयका प्रधानाध्यापक ज्यु र व्यवस्थापन समिति अध्यक्ष ज्युलाई मास्क हस्तान्तरण गर्नु भएको छ । कोभिड-१९ को तेस्रो भेरियन्टको प्रभाव अझै पनि रहेको हुदा अरु यस्तै खालका रोगहरु हुन नदिन निरन्तर रुपमा मास्कको प्रयोग बालबालिकाहरुले गरून् भन्ने उदेश्यले सो विधालयमा मास्क वितरण गरिएको छ ।

यसको मुख्य उदेश्य विधालयमा मास्क बैंकको स्थापना गर्ने रहेको छ । उक्त मास्क सुनिश्चितता अभियानमा समाजसेवी,युवा नेता,सरोकारवालाहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,विधालय व्यवस्थापन समितिका पदाधिकारीहरु,शिक्षक अभिभावक संघका पदाधिकारीहरु,प्रदेश स्काउट कार्यालयका कर्मचारीहरु,खेलकुद संघका प्रतिनिधिहरु,नेपाली उपभोक्ता महासंघका प्रदेश पदाधिकारीहरु,अभिभावक,शिक्षक,शिक्षिकाहरुको उपस्थिति रहेको थियो । सो विधालयमा चौधरी तथा दलित बस्ति बालबालिकाहरु उल्लेख्य रुपमा रहेको हुदा विधालयमा मास्क बैंक स्थापना गर्न नेपाल स्काउट यश किसिमको कार्यक्रमको प्रभाव पर्ने भएकाले सो विधालयलाई छनौट गरि मास्क वितरण गरेका छौ ।