Sudurpashchim

श्री जनता राष्ट्रिय माध्यामिक विधालयमा ”मास्क सुनिश्चितता तथा स्काउट पोसाक वितरण” कार्यक्रम सम्पन्न

चैत्र-११,
श्री जनता राष्ट्रिय माध्यामिक विधालयमा मास्क सुनिश्चितता कार्यक्रम तथा स्काउट पोसाक वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशले आयोजना गरेको विधालयमा मास्क सुनिश्चितता कार्यक्रम तथा स्काउट पोसाक वितरण कार्यक्रम सञ्चालन प्रदेश सहायक राजेन्द्र बानियाँले गर्नु भएको हो । उक्त कार्यक्रम स्थानिय स्काउट तदर्थ समिति धनगढी उप- महानगरपालिका संयोजक श्री रामचन्द्र जोशीको अध्यक्षतामा, प्रमुख अथिति समाजसेवी युवा नेता जीवन कुमार बम,विशिष्ट अथिति धनगढी उप- महानगरपालिका वडा नं.-१३ का वडा अध्यक्ष श्री विजयराज जोशी,विधालय व्यवस्थापन समिति अध्यक्ष श्री बिनोद पन्त,सोही विधालयका दस जोड दुई पुर्वाधार संयोजक श्री हरिश खड्का,विधालयका प्रध्यानाध्यापक श्री कृष्ण सिह पेला,धनगढी उपमहानगरपालिका -१३ का वडा सदस्य श्री हिरालाल राना,बि.व्य.स. सदस्य श्री नेपाली राना,समाजसेवी श्री खेमराज भट्ट,नेपाली उपभोक्ता संरक्षण महासंघ प्रदेश सचिव श्री बल बहादुर साउद,सह- प्रध्यापक श्री गणेश प्रसाद जोशीका साथै विधालयका शिक्षक,शिक्षिका,अभिभावक,रोवर/रेञ्जर लिडर,स्काउट संवयमसेवकहरु,जनता ट्रुपमा आबद्ध विधार्थिहरुकाे उपस्थिति रहेको थियो ।

नेपाल स्काउटले विभिन्न खालका समाजसेवी कार्यहरुमा अग्रणि भुमिका खेल्दै गएकोमा खुसि व्यक्त गर्दै अझै पनि यस्तै कार्य गर्दै अगाडि बढोस् । विधालयमा मास्क बैक स्थापना गर्ने खालको सोचको प्रसंशा गर्नु हुँदै यसको लागि उपमहानगरपालिका,वडाहरुमा छलफलमा ल्याउने कुरामा कार्यक्रमका प्रमुख अथिति श्री जीवन कुमार बमले जोड दिनु भयो ।

उक्त कार्यक्रमले विधालय परिवारलाई थप उर्जाका साथ विधालयमा मास्क बैंक स्थापनामा सहयोग मिल्ने र बालबालिकाहरुलाई स्काउटमा आबद्ध हुन प्रेरणा जागृत हुनेछ । विधालयमा निरन्तर स्काउटिङ्ग शिक्षा लागू हुनु भनेको बालबालिकाको नेतृत्व विकास तथा सर्वाङ्गिण विकासमा स्काउट सक्षम रहेको हुदाँ धनगढी उपमहानगरपालिका का सबै विधालयमा स्काउट लागू गर्नु हुनेछ भन्ने अपेक्षा राख्दै यस्ता कार्यमा पुर्ण रुपमा साथ सहयोग गर्ने कुरामा वडा अध्यक्ष ज्युले प्रतिबद्धता जनाउनु भएको छ ।
त्यस्तै विधालयका प्रधानाध्यापक ज्युले नेपाल स्काउट प्रदेश स्काउट कार्यालय, युनिसेफ नेपाललाई धन्यवाद दिनु हुँदै यस्ता कार्यक्रम फेरि पनि आफ्नो विधालयमा ल्याउन अनुरोध गर्नुभएको छ । पक्कै पनि यसले विधालय परिवारलाई मास्क बैंक स्थापना गर्न सहयोग मिल्ने कुरा बताउनु भएको छ ।

विधालय व्यवस्थापन समिति अध्यक्ष श्री विनोद पन्तले विधालयमा यसको कार्यान्वयनका लागि छिट्टै बैठक बसि छलफलमा ल्याउने कुरामा जोड दिनु भयो । आगामि दिनमा प्रदेश स्काउट कार्यालयले विधालयलाई थप उर्जा दिन साथ सहयोग गर्ने अपेक्षा राख्दै स्काउट परिवारलाई धन्यवाद का साथै विधालयमा स्काउटिङ्ग शिक्षा लागू गर्न प्रोत्साहन स्वरुप स्काउट पोसाक वितरण गर्नु भएकोमा धन्यबाद दिनु भएको छ ।