Sudurpashchim

श्री धनगढी नमुना प्राविधिक माध्यामिक विधालयमा ‘मास्क बैंक’ अभियानको थालनी

धनगढी,चैत्र २
नेपाल स्काउटको सहकार्य र युनिसेफ नेपालको सहयोगमा नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशको आयोजनामा धनगढी उप- महानगरपालिका-०१, कैलालीको श्री धनगढी नमुना प्राविधिक माध्यामिक विधालयमा कोभिड १९ रोकथाम र नियन्त्रणका लागि मास्क सुनिश्चितता कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश तदर्थ समिति सदस्य श्रीमती राज कुमारी महत्तो, स्थानिय स्काउट तदर्थ समितिका संयोजक श्री रामचन्द्र जोशि का साथै पदाधिकारीहरु,विधालय व्यवस्थापन समितिका पदाधिकारीहरु,शिक्षक अभिभावक संघका पदाधिकारीहरु, अभिभावक,प्रदेश स्काउट कार्यालयका कर्मचारीहरु ,सो धनगढी नमुना ट्रुपका स्काउट लिडर,ट्रुपमा आबद्ध विधार्थीहरुको उपस्थिति रहेको थियो ।

धनगढी नमुना प्राविधिक विधालयका प्रध्यानाध्यापक श्री लक्ष्मण दत्त जोशीले नेपाल स्काउटले विधालयमा गरेको मास्क बैंक स्थापना एकदमै सराहनीय छ यसले विधालय परिवारलाई सहजता प्रदान गरेको छ । नेपाल स्काउटको सहकार्य र युनिसेफ नेपाल सहयोगमा प्रदेश स्काउट कार्यालयले यश विधालय छनोट गर्नु भएको धन्यवाद दिनु भएको छ । विधालयमा मास्क बैंक अभियान स्थापनामा सरोकारवालाहरु,विधालय व्यवस्थापना समिति,अन्य संघसंस्थाहरुसंग अर्न्तक्रिया गरि उहाँसंग पनि सहयोगको लागि छलफल, परामर्श गर्नेछौ र मास्क बैंक स्थापनालाई निरन्तरता दिनेछौ भन्ने कुरामा जोड दिनु भयो ।