29March, 2022
कैलाली, चैत्र-१३
नेपाल स्काउट प्रदेश स्काउट कार्यालयको आयोजनामा नेपाल स्काउटको सहकार्य र युनिसेफ नेपालको सहयोगमा विधालयमा मास्क बैंक स्थापना गर्ने उदेश्यले धनगढी उपमहानगरपालिका-१८, फुलबारीको श्री चन्द्रोदय माध्यामिक विधालय,कैलारी गाउँपालिका-२ मा अवस्थित श्री कैलाली जनकल्याण आधारभु विधालय र कैलारी गाउपालिका-४ मा रहेको श्री जन कल्याण माध्यामिक विधालयलाई स्थानिय स्काउट तदर्थ समिति धनगढी उपमहानगरपालिका संयोजक श्री रामचन्द्र जोशि र स्थानिय स्काउट तदर्थ समिति कैलारी गाउँपालिका संयोजक श्रीमती झुमा देवी चौधरीले विधालयका प्रधानाध्यापक ज्यु र व्यवस्थापन समिति अध्यक्ष ज्युलाई मास्क हस्तान्तरण गर्नु भएको छ । कोभिड-१९ को तेस्रो भेरियन्टको प्रभाव अझै पनि रहेको हुदा अरु यस्तै खालका रोगहरु हुन नदिन निरन्तर रुपमा मास्कको प्रयोग बालबालिकाहरुले गरून् भन्ने उदेश्यले सो विधालयमा मास्क वितरण गरिएको छ ।
यसको मुख्य उदेश्य विधालयमा मास्क बैंकको स्थापना गर्ने रहेको छ । उक्त मास्क सुनिश्चितता अभियानमा समाजसेवी,युवा नेता,सरोकारवालाहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,विधालय व्यवस्थापन समितिका पदाधिकारीहरु,शिक्षक अभिभावक संघका पदाधिकारीहरु,प्रदेश स्काउट कार्यालयका कर्मचारीहरु,खेलकुद संघका प्रतिनिधिहरु,नेपाली उपभोक्ता महासंघका प्रदेश पदाधिकारीहरु,अभिभावक,शिक्षक,शिक्षिकाहरुको उपस्थिति रहेको थियो । सो विधालयमा चौधरी तथा दलित बस्ति बालबालिकाहरु उल्लेख्य रुपमा रहेको हुदा विधालयमा मास्क बैंक स्थापना गर्न नेपाल स्काउट यश किसिमको कार्यक्रमको प्रभाव पर्ने भएकाले सो विधालयलाई छनौट गरि मास्क वितरण गरेका छौ ।
29March, 2022
चैत्र-११,
श्री जनता राष्ट्रिय माध्यामिक विधालयमा मास्क सुनिश्चितता कार्यक्रम तथा स्काउट पोसाक वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशले आयोजना गरेको विधालयमा मास्क सुनिश्चितता कार्यक्रम तथा स्काउट पोसाक वितरण कार्यक्रम सञ्चालन प्रदेश सहायक राजेन्द्र बानियाँले गर्नु भएको हो । उक्त कार्यक्रम स्थानिय स्काउट तदर्थ समिति धनगढी उप- महानगरपालिका संयोजक श्री रामचन्द्र जोशीको अध्यक्षतामा, प्रमुख अथिति समाजसेवी युवा नेता जीवन कुमार बम,विशिष्ट अथिति धनगढी उप- महानगरपालिका वडा नं.-१३ का वडा अध्यक्ष श्री विजयराज जोशी,विधालय व्यवस्थापन समिति अध्यक्ष श्री बिनोद पन्त,सोही विधालयका दस जोड दुई पुर्वाधार संयोजक श्री हरिश खड्का,विधालयका प्रध्यानाध्यापक श्री कृष्ण सिह पेला,धनगढी उपमहानगरपालिका -१३ का वडा सदस्य श्री हिरालाल राना,बि.व्य.स. सदस्य श्री नेपाली राना,समाजसेवी श्री खेमराज भट्ट,नेपाली उपभोक्ता संरक्षण महासंघ प्रदेश सचिव श्री बल बहादुर साउद,सह- प्रध्यापक श्री गणेश प्रसाद जोशीका साथै विधालयका शिक्षक,शिक्षिका,अभिभावक,रोवर/रेञ्जर लिडर,स्काउट संवयमसेवकहरु,जनता ट्रुपमा आबद्ध विधार्थिहरुकाे उपस्थिति रहेको थियो ।
नेपाल स्काउटले विभिन्न खालका समाजसेवी कार्यहरुमा अग्रणि भुमिका खेल्दै गएकोमा खुसि व्यक्त गर्दै अझै पनि यस्तै कार्य गर्दै अगाडि बढोस् । विधालयमा मास्क बैक स्थापना गर्ने खालको सोचको प्रसंशा गर्नु हुँदै यसको लागि उपमहानगरपालिका,वडाहरुमा छलफलमा ल्याउने कुरामा कार्यक्रमका प्रमुख अथिति श्री जीवन कुमार बमले जोड दिनु भयो ।
उक्त कार्यक्रमले विधालय परिवारलाई थप उर्जाका साथ विधालयमा मास्क बैंक स्थापनामा सहयोग मिल्ने र बालबालिकाहरुलाई स्काउटमा आबद्ध हुन प्रेरणा जागृत हुनेछ । विधालयमा निरन्तर स्काउटिङ्ग शिक्षा लागू हुनु भनेको बालबालिकाको नेतृत्व विकास तथा सर्वाङ्गिण विकासमा स्काउट सक्षम रहेको हुदाँ धनगढी उपमहानगरपालिका का सबै विधालयमा स्काउट लागू गर्नु हुनेछ भन्ने अपेक्षा राख्दै यस्ता कार्यमा पुर्ण रुपमा साथ सहयोग गर्ने कुरामा वडा अध्यक्ष ज्युले प्रतिबद्धता जनाउनु भएको छ ।
त्यस्तै विधालयका प्रधानाध्यापक ज्युले नेपाल स्काउट प्रदेश स्काउट कार्यालय, युनिसेफ नेपाललाई धन्यवाद दिनु हुँदै यस्ता कार्यक्रम फेरि पनि आफ्नो विधालयमा ल्याउन अनुरोध गर्नुभएको छ । पक्कै पनि यसले विधालय परिवारलाई मास्क बैंक स्थापना गर्न सहयोग मिल्ने कुरा बताउनु भएको छ ।
विधालय व्यवस्थापन समिति अध्यक्ष श्री विनोद पन्तले विधालयमा यसको कार्यान्वयनका लागि छिट्टै बैठक बसि छलफलमा ल्याउने कुरामा जोड दिनु भयो । आगामि दिनमा प्रदेश स्काउट कार्यालयले विधालयलाई थप उर्जा दिन साथ सहयोग गर्ने अपेक्षा राख्दै स्काउट परिवारलाई धन्यवाद का साथै विधालयमा स्काउटिङ्ग शिक्षा लागू गर्न प्रोत्साहन स्वरुप स्काउट पोसाक वितरण गर्नु भएकोमा धन्यबाद दिनु भएको छ ।
29March, 2022
धनगढी, चैत्र-१०
नेपाल स्काउटको सहकार्य र युनिसेफ नेपालको सहयोगमा विधालयमा मास्क सुनिश्चितता कार्यक्रम नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशको आयोजनामा श्री पञ्चोदय माध्यमिक विधालयमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता स्थानिय स्काउट तदर्थ समिति धनगढी उप- महानगरपालिका संयोजक श्री रामचन्द्र जोशीले गर्नु भएको थियोे भने प्रमुख अथिति धनगढी उप- महानगरपालिका-५ का वडा अध्यक्ष श्री हिरा सिह पातली,विशिष्ट अथिति नेपाल उपभोक्ता संरक्षण महासंघ प्रदेश सचिव श्री बल बहादुर साउद,सोही विधालयका प्रध्यानाध्यापक श्री हरिस ओझा रहनु भएको थियो साथै विधालय व्यवस्था समिति सदस्यहरु,शिक्षक अभिभावक संघका पदाधिकारीहररूको उपस्थितिमा कार्यक्रम समापन भएको छ ।
धनगढी उप- महानगरपालिका-५ का वडा अध्यक्ष श्री हिरा सिह पातलिले नेपाल स्काउटले सुरुवात गरेको विधालयमा मास्क बैंक स्थापना गर्ने कार्य सराहनीय रहेको बताउदै मास्क सुनिश्चितता कार्यक्रममा मास्क सहयोग गरेकोमा युनिसेफ नेपाललाई धन्यवाद दिनु भएको छ । हामी पहिले नै गर्नुपर्ने काम नेपाल स्काउटले सम्झाई दिएकोमा नेपाल स्काउटलाई धन्यवाद दिनु भएको छ । विधालयमा मास्कको कमि हुन नदिन वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ । कार्यक्रमका विशिष्ट अथिति श्री बल बहादुर साउदले मास्क बैंक स्थापना कार्यक्रम प्रत्येक विधालयमा गर्दा कोभिड-१९ संक्रमण रोकथामका साथै अन्य सरुवा रोगहरु लाग्न बाट बच्ने कुरा बताउनु भयो ।
विधालयका प्रधानाध्यापक श्री हरिश ओझाले प्रदेश स्काउट कार्यालयका साथै युनिसेफ नेपाललाई धन्यवाद दिनु भयो । यश कार्यक्रमको उदेश्य मनोननिय,सोचनिय रहेको हुनाले मास्कको उचित प्रयोग गरि विभिन्न संधसंस्था,दातृनिकाय,व्यापारी,उपमहानगरपालिका,वडा कार्यालयलाई समेत जानकारि गराई मास्क बैंक स्थापनामा सहयोगको अपिल गर्ने कुरामा जोड दिनु भयो । यस्ता किसिमका कार्यक्रम प्रदेश स्काउट कार्यालयले फेरि ल्याउदै जावस् भन्दै विधालयमा आजकै दिनबाट मास्क बैंक स्थापना भएको कुरा घोषणा गर्नु भएको छ ।
29March, 2022
धनगढी,चैत्र २
नेपाल स्काउटको सहकार्य र युनिसेफ नेपालको सहयोगमा नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशको आयोजनामा धनगढी उप- महानगरपालिका-०१, कैलालीको श्री धनगढी नमुना प्राविधिक माध्यामिक विधालयमा कोभिड १९ रोकथाम र नियन्त्रणका लागि मास्क सुनिश्चितता कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश तदर्थ समिति सदस्य श्रीमती राज कुमारी महत्तो, स्थानिय स्काउट तदर्थ समितिका संयोजक श्री रामचन्द्र जोशि का साथै पदाधिकारीहरु,विधालय व्यवस्थापन समितिका पदाधिकारीहरु,शिक्षक अभिभावक संघका पदाधिकारीहरु, अभिभावक,प्रदेश स्काउट कार्यालयका कर्मचारीहरु ,सो धनगढी नमुना ट्रुपका स्काउट लिडर,ट्रुपमा आबद्ध विधार्थीहरुको उपस्थिति रहेको थियो ।
धनगढी नमुना प्राविधिक विधालयका प्रध्यानाध्यापक श्री लक्ष्मण दत्त जोशीले नेपाल स्काउटले विधालयमा गरेको मास्क बैंक स्थापना एकदमै सराहनीय छ यसले विधालय परिवारलाई सहजता प्रदान गरेको छ । नेपाल स्काउटको सहकार्य र युनिसेफ नेपाल सहयोगमा प्रदेश स्काउट कार्यालयले यश विधालय छनोट गर्नु भएको धन्यवाद दिनु भएको छ । विधालयमा मास्क बैंक अभियान स्थापनामा सरोकारवालाहरु,विधालय व्यवस्थापना समिति,अन्य संघसंस्थाहरुसंग अर्न्तक्रिया गरि उहाँसंग पनि सहयोगको लागि छलफल, परामर्श गर्नेछौ र मास्क बैंक स्थापनालाई निरन्तरता दिनेछौ भन्ने कुरामा जोड दिनु भयो ।
29March, 2022
फाल्गुन-३०,धनगढी
कोभिड–१९ संक्रमण तथा रोकथामका लागि नेपाल स्काउटको सहकार्य र युनिसेफ नेपालको सहयोगमा नेपाल स्काउट सुदूरपश्चिम प्रदेश स्काउट कार्यालयले ,मास्क सुनिश्चितता, कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
धनगढी उप–महानगरपालिकाका विभिन्न विद्यालयहरुमा मास्क बैंक स्थापना गर्ने हेतुले यो अभियान सुचारु गरिएको हो । आज सोमबार अर्थात फागुन ३० गतेका दिन धनगढी उप–महानगरपालिकाका स्थानीय स्काउट तदर्थ समिति संयोजक श्री रामचन्द्र जोशीको अध्यक्षतामा मास्क बैंकिङ्ग अभियानलाई निरन्तरता दिन श्री राष्ट्रिय निम्न माध्यामिक विद्यालयलाई २ कार्टुन सानो मास्क (७,००० थान) र २ कार्टुन ठूलो मास्क (४,००० थान) हस्तान्तरण गरिएको छ ।
उक्त कार्यक्रममा धनगढी उप–महानगरपालिका का स्थानीय स्काउट तदर्थ समितिका पदाधिकारीहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका पदाधिकारी र स्काउटरहरुको सहभागिता रहेको थियो । यो अभियानले कोभिड–१९ रोकथाममा टेवा मिल्ने र यस्ता स्काउटका गतिविधिले स्काउटरहरुलाई उत्प्रेरित हुने कुरा नि.प्रधानाध्यापक प्रेमा जोशीले बताउनु भयो ।
29March, 2022
फाल्गुन-०१,
कोभिड-१९ संक्रमण रोकथाम तथा विद्यालयमा मास्क बैंक स्थापना गर्ने मुख्य उद्देश्यले Unicef Nepal को सहयोग र नेपाल स्काउटको सहकार्यमा सञ्चालनमा रहेको मास्क सुनिश्चितता कार्यक्रम आज मिति २०७८/१२/०१ गतेका दिन श्री शारदा मा. वि. धनगढी-०२, कैलालीमा सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश स्काउट तदर्थ समिति सदस्य श्रीमती राज कुमारी महत्ताैको अध्यक्षतामा, स्थानिय स्काउट तदर्थ समिति संयोजक श्री रामचन्द्र जोशीको प्रमुख आतिथ्यमा, श्री शारदा मा. वि. का प्रधानाध्यापक श्री तेज बहादुर सिंह र पुर्ब जिल्ला समन्वय आयुक्त श्री सिताशरण शाहको बिशिष्ट आतिथ्यमा, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका कर्मचारीहरु, विभिन्न सञ्चार माध्यमका पत्रकारहरु तथा अन्य स्काउटरहरुको उपस्थितिमा विद्यालयलाई ८ कार्टुन सानो मास्क र ७ कार्टुन ठूलो मास्क (कुल जम्मा ४२,००० थान) हस्तान्तरण गरियो। विद्यालयका प्रधानाध्यापक श्री तेज बहादुर सिंहले मास्क बैंक अबधारणाको प्रसंशा गर्दै यो कार्यक्रम कोरोना निर्मुल नहुने बेला सम्म निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
20March, 2022
Please update your peroject