Sudurpashchim

STV Program सम्पन्न

मिति २०७९ फाल्गुन २० गते श्री पञ्चोदय माध्यमिक विधालय र फाल्गुन  २६गते श्री राष्ट्रिय निम्न माध्यामिक विधालयमा  STV (STOP THE VIOLENCE) Program सम्बन्धि प्रशिक्षण स्काउट मास्टर तथा प्रदेश सहायक श्री राजेन्द्र बानियाँले पञ्चोदय ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध २३ जना बालबालिकाहरुका, राष्ट्रिय ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध विधालयका ३२ बालबालिका तथा अन्य ८ जना गरि जम्मा ४० जना बालबालिकाहरुलाई प्रशिक्षण दिनु भएको छ । विधालयका प्रध्यानाध्यापक तथा एडभान्स लिडर श्री प्रेमा जोशिको समन्वय र एडभान्स लिडर श्री बसन्ति भणडारीको प्राविधिक सहयोगमा फाल्गुन २६ गते उक्त कार्यक्रम सम्पन्न भएको छ ।

गौरीगंगा नगरपालिका-९ वनखेत कैलालीको श्री जनचेतना आधारभुत विधालय र श्री शिवालिक आधारभुत विधालयमा Stop The Violence (STV) सम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रम फाल्गुन २८ सम्पन्न भएको छ । प्रशिक्षण MToT Leader तथा स्काउट मास्टर श्री विनोद बोहरा तथा प्राविधिक सहयोग स्काउट मास्टर तथा स्थानिय स्काउट सदस्यता वृद्धि संयोजक श्री पुष्कर अवस्थिले गर्नु भएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा जनचेतना ब्वायज/ गर्ल्स स्काउट ट्रुुपका ५८ जना लगायत अन्य ४१ जना गरि जम्मा ९९ को सहभागिता रहेको थियो भने मुनाल ब्वायज एण्ड गर्ल्स स्काउट ट्रुपमा आबद्ध ५५ जना बालबालिकाहरुको सहभागिता थियो ।