Sudurpashchim

एक दिने स्काउट क्याम्प सम्पन्न

२३ श्रावण,

श्रावणको चौथो सोमबार बेहडाबाबा मन्दिरमा शिव पार्वतीको आरधाना गर्न सुदूरपश्चिमका खास गरि दुई जिल्ला कैलाली र कञ्चनपुरबाट भक्तालुजन दर्शन गर्न आउने गर्दछन । गौरिगंगा नगरपालिका चौमालाको मालिका माध्यामिक विद्यालयको मालिका स्काउट दल समिति, मालिका ब्वाइज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरुले बेहडाबाबा मन्दिर परिषदमा भक्तालुजनको सहजताको लागि लाईन व्यवस्थापन, मन्दिर परिषद् सरसफाइ कार्यक्रमका साथै बेहडाबाबा मन्दिरमा लागेको महायज्ञमा उपस्थित भक्तालुजनहरुको भिड व्यवस्थापन गर्न सुरक्षा निकाय तथा बेहडाबाबा व्यवस्थापन समितिलाई सहयोग गरेका छन् ।

उक्त कार्यक्रम सफल पार्नको लागि गौरिगंगा नगरपालिका परिवारले डिजेल, चौमाला क्याम्पस परिवारले गाडिको व्यवस्था, बेहडाबाबा मन्दिर व्यवस्थापन समिति अध्यक्ष पदमराज जोशि ज्युले स्काउटरहरुलाई खाना, नास्ताको व्यवस्थापन गरिदिनु भएकोमा विशेषत धन्यवाद । उक्त कार्यक्रममा सहायक राष्ट्रिय प्रशिक्षक श्री जहरसिंह थापा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री प्रेमराज भट्ट, मालिका स्काउट दल समितिका अध्यक्ष तथा मालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक श्री रतन प्रसाद जैशी, मालिका स्काउट दल समितिका पदाधिकारीहरु, स्काउट मास्टरहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा ३७ जना स्काउटरको उपस्थिति रहेको थियो ।