Sudurpashchim

स्काउट स्वयंसेवक परिचालन

महाकाली नगरपालिका, दार्चुलाका नौ वटै वडाका दुर्गम बस्तिहरुमा छाउपडि प्रथा अन्त्यका लागि सचेतना कार्यक्रम, पानी शुद्धीकरण गर्ने जानकारी मुलक पम्पेलेटहरु, निःशुल्क मास्क र सेनेटरी प्याड वितरण कार्यक्रम निरन्तर सञ्चालनमा रहेको छ । नेपाल स्काउट, युनिसेफ नेपाल र महाकालि नगरपालिका कार्यालय, दार्चुलाको सहयोगमा स्थानीय स्काउट कार्यालय, दार्चुला तथा कैलासपति ब्वायज/ गर्ल्स स्काउट क्र्युको समन्वयमा रेञ्जर स्काउटर श्री सर्मिला मन्यालको नेतृत्वमा उक्त कार्यक्रम निरन्तर सञ्चालन भैरहेको छ । छाउपडि प्रथा अन्त्यका लागि समाजमा गडेका विसंङ्गति, विकृतिहरुलाई जडै देखि उखेल्न नेपाल स्काउट सदैव लागिरहने छ ।