Sudurpashchim

दीक्षा, पद तथा गोपनियताको सपथ कार्यक्रम

नेपाल स्काउट सुदूरपश्चिम प्रदेश तदर्थ समितिका संयोजक श्री नरेन्द्र थापा ज्युको अध्यक्षतामा कैलाली र कञ्चनपुरका २२ वटा स्थानिय तहका पालिका प्रमुख,उपप्रमुख, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख,स्थानिय संरक्षक,स्थानिय स्काउट प्रमुख,शिक्षा तथा युवा शाखा प्रमुख,स्थानिय स्काउट तदर्थ समितिका संयोजक र पदाधिकारीहरुको उपस्थितिमा प्रदेश संरक्षक सामाजिक विकास मन्त्री माननीय लाल बहादुर खड्का प्रमुख अथिति,विशिष्ट अथिति नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारी,नेपाल स्काउट केन्द्रीय कार्यालयका निर्देशक राम प्रसाद भट्टराई, धनगढी उपमहा नगरपालिकाका मेयर नृप बहादुर वड,घोडाघोडि नगरपालिकाका मेयर ममता प्रसाद चौधरी,भजनि नगरपालिकाका मेयर शेर ब.चौधरी, पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापा,टिकापुर नगरपालिकाका मेयर तपेन्द्र बहादुर रावल ज्यु र विभिन्न पालिकाका उपमेयर,अध्यक्ष,उपाध्यक्षका साथै शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख,स्थानिय स्काउट संयोजकको आथित्यमा प्रदेश स्काउट संरक्षक माननीय सामाजिक विकास मन्त्री र कैलाली र कञ्चनपुर जिल्लाका २२ वटै पालिकाका स्थानिय स्काउट संरक्षक,स्थानिय स्काउट प्रमुख,शिक्षा तथा युवा शाखा प्रमुख,स्थानिय स्काउट तदर्थ समितिका संयोजक र स्थानिय स्काउट समितिका पदाधिकारीहरुलाई दीक्षा कार्यक्रम पद तथा गोपनियताको सपथ खाने कार्यक्रम सम्पन्न भयो ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री माननीय लाल बहादुर खड्का तथा प्रदेश स्काउट संरक्षक ज्युले सुदुरपश्चिम प्रदेशको समृद्धीको साझेदार नेपाल स्काउट बन्ने विस्वास व्यक्त गर्दै स्काउट अभियानको विकास र विस्तारको लागी प्रदेश सरकारको तर्फबाट सबैखाले सहयोग गर्ने बताउनु भयो र त्यसको लागि प्रदेश स्काउटको साथमा रहेर विभिन्न सामग्री उपलब्ध गराउने । स्काउटको माध्यामबाट मास्क अभियानलाई पुर्णता दिने । गत आर्थिक बर्षमा सबै सामुदायिक विधालयमा स्काउट नीति सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

सपथ तथा दीक्षा कार्यक्रमका विशिष्ट अथिती रहनु भएका धनगढी उप-महानगरपालिकाका मेयर तथा स्थानिय स्काउट संरक्षक श्री नृप बहादुर वडले आफू पनि विगतमा स्काउटर भएको कुरा बताउनु भयो । हामिले विभिन्न लडाइँ गर्दै गर्दा स्काउट हराई सक्यो सोचेका थियौं । स्काउट अझै व्यापक बनेको देख्दा खुसि व्यक्त गर्नु भयो । स्काउटिङ्ग शिक्षा हरेक सामुदायिक विधालय र प्राईभेट विधालयमा लागू गरिनु पर्ने देखिएको छ । स्काउटको माध्यामबाट बालबालिका युवाहरुमा भएका नकारात्मक प्रवृत्ति लाई चिर्दै सकरात्मक बढाउदै लैजानु पर्नेमा जोड दिनुपर्छ । स्थानिय स्काउट संरक्षकको नाताले स्काउटलाई हरेक तबरले सहयोग गर्ने बताउनु भयो ।