Sudurpashchim

नगर स्तरिय १३ औं राष्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता २०७९

शुक्लाफाटा नगरपालिका, कञ्चनपुरको आयोजनामा शुक्लाफाटा नगरपालिका कञ्चनपुरका नगर प्रमुख तथा स्थानीय स्काउट संरक्षक श्री रण बहादुर महराको अध्यक्षतामा, कञ्चनपुर क्षेत्र नं. २ का संघिय माननीय सांसद श्री यन पि साउँदको प्रमुख आथित्यमा शुक्लाफाटा नगर स्तरिय १३ औं राष्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता २०७९ माघ १८ गते समुदघाटन भएको छ । उक्त प्रतियोगितामा नगरपालिकासँग समन्वय गरि कालिका ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरु मार्चपासमा सहभागी भएका थिए । रनिङ सिल्ड प्रतियोगिता माघ १८ गते बाट सुरु भई २१ गते समापन हुनेछ । सो अवधिभर कालिका स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरुले स्वयंसेवकको भुमिका निर्वाह गर्ने स्काउट मास्टर श्री राघव अवस्थिले बताउनु भएको छ । रनिङ सिल्ड प्रतियोगितामा १८ ओटा सामुदायिक तथा संस्थागत विधालयहरुको सहभागिता रहेको छ । खेलहरु भलिबल ,कवड्डी छात्र छात्रा ,एथलेटिक्स र मार्सलआट गरि चार विधाका खेल समावेश छन् । उक्त प्रतियोगितात्मक कार्यक्रममा प्रदेश सांसद,संविधानसभा सदस्य लगायतका जनप्रतिनि तथा समाजसेविको उपस्थिति रहेको थियो ।