Sudurpashchim

योग शिविर सम्पन्न

राष्ट्रिय योग दिवस, मकर संक्रान्ति (माघ-१), २०७९ को अवसरमा “स्वस्थ जीवनको चाहना: योग शिक्षा र साधना” भन्ने मूल नाराका साथ कान्ति स्काउट दल श्री कान्ति राज्य लक्ष्मी मा.वि.को आयोजनामा १ दिने योग शिविर सम्पन्न भएको छ । सो कार्यक्रममा पतञ्जली योग समिति पहलमानपुरका योग गुरु प्रेमराज सापकोटा लगायतका योग गुरुहरुले प्रशिक्षण गर्नुभएको थियो । उक्त योग शिविरमा घोडाघोडी नगरपालिकाका नगर प्रमुख तथा स्थानिय स्काउट संरक्षक श्री खडग रावत, राष्ट्रिय मा.वि .का स्काउट मास्टर श्री दीपकराज गौतम,रा.मा.वि तारानगरका स्काउट मास्टर श्री दिलप्रसाद भट्ट,सीताकुण्ड मा.वि.का स्काउट मास्टर श्री बर्मराज खनाल, पहलमानसिंह मा.वि.का स्काउट मास्टर सरदुराम चौधरी, गौरीगङ्गा नगरपालिकाका स्काउट सदस्यता वृद्धि संयोजक तथा स्काउट मास्टर श्री पुष्कर अवस्थी ,स्काउटमा आबद्ध विद्यार्थीहरू तथा अभिभावकहरूको सहभागिता रहेको थियो। कान्ति स्काउट दलका अध्यक्ष तथा प्र.अ. श्री उमाकान्त मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन स्काउट मास्टर भीमराज अम्मैले गर्नु भएको थियो ।