Sudurpashchim

सदस्यता तहको दीक्षा सम्पन्न

मिति २०७९ माघ २४ गते राष्ट्रिय ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध १६ ब्वायज र १६ गर्ल्स गरि ३२ जना बालबालिकाहरु सदस्यता ब्याजबाट दिक्षित भएका छन् । राष्ट्रिय स्काउट दलको आयोजनामा घोडाघोडि नगरपालिका कैलालीमा स्काउट अभिमूखीकरण तथा दिक्षान्त कार्यक्रम श्री राष्ट्रिय माध्यामिक विधालयको प्राङ्गणमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
राष्ट्रिय माध्यामिक विधालय सुख्खडका सहायक प्रधानाध्यापक श्री रामप्रसाद गौतमको अध्यक्षता तथा घोडाघोडी स्थानीय स्काउट तदर्थ समिति संयोजक श्री सुनिता बोहराको प्रमुख आतिथ्यमा उक्त ट्रुपमा आबद्ध १६ जना बालबालिकाहरुलाई स्थानिय स्काउट संयोजकले र १६ जना ब्वायजहरुलाई स्काउट मास्टर दिपकराज गौतमले सदस्यता तहको दीक्षा दिनु भएको हो । राष्ट्रिय ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध विद्यार्थीहरूलाई घोडाघोडी नगर स्काउट सदस्यता वृद्धि संयोजक तथा श्री कान्ति स्काउट दलका स्काउट मास्टर श्री भीमराज अम्मैले अभिमूखीकरण दिनु भएको हो ।