Sudurpashchim

सुदूरपश्चिम प्रदेशका १० वटा विधालयमा लागुपदार्थ दुर्व्यसन विरुद्धको एक दिने प्रशिक्षण तालिम सम्पन्न

नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशको आयोजनामा प्रदेशका ३ वटा स्थानीय तहका १० वटा विधालयमा लागुपदार्थ दुर्व्यसन विरुद्धको एक दिने प्रशिक्षण तालिम सम्पन्न भएको छ । राष्ट्रिय सहायक प्रशिक्षक श्री जहरसिंह थापा,सुदुरपश्चिम तदर्थ समिति सदस्य श्री राज कुमारी महत्तौ, स्काउट मास्टर श्री प्रेमा जोशी,बसन्ती भण्डारी,रतन प्रसाद जैशी,वसन्ती साउँद,उमेश बम,रेन्जर लिडर राधा विष्ट र प्रदेशका कर्मचारीहरुको समन्वय तथा सहकार्यमा स्काउट मास्टर श्री दुर्गा बडाल,आरति बम,सन्दिप भट्ट,पुष्कर अवस्थीले दोधाराचादँनि नगरपालिका,कञ्चनपुरको श्री भानु माध्यामिक विधालय,गौरीगंगा नगरपालिका, कैलालीको श्री जनचेतना आधारभुत विधालय,महादेव मा.वि.शिवालिक आधारभुत विधालय,सरस्वती मा.वि,मालिका मा वि. र धनगढी उपमहानगरपालिकाको श्री पञ्चोदय मा.वि. राष्ट्रिय निम्न मा. वि.,धनगढी नमुना प्राविधिक माध्यमिक विधालय,शारदा मा.वि.का कक्षा ७.८.९, र १० का विधार्थिहरुलाई लागुपदार्थ दुर्व्यसन विरुद्धको १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रशिक्षण कार्यक्रममा ५६७ जना विधार्थिहरुको सहभागिता रहेको थियोे ।