Sudurpashchim

सैपाल ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध ६४ जना बालबालिकाहरु दिक्षित

३० कार्तिक

तलकोट गाउँपालिका, बझाङको श्री दुर्गा भवानी माध्यामिक विधालयमा सैपाल स्काउट दलको आयोजनामा सैपाल ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध ६४ जना बालबालिकाहरु दिक्षित भएका छन् । सैपाल ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरुलाई स्काउट मास्टर श्री शिवसदा चौधरीले दिक्षित गराउनु भएको हो । साथै उक्त विधालयमा नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशले विधालयका प्रधानाध्यापकलाई मास्क हस्तान्तरण गरेको छ ।