Sudurpashchim

स्काउट अभिमूखीकरण तथा दिक्षान्त कार्यक्रम सम्पन्न

२९ माघ,

श्री जनता आधारभूत विद्यालय घोडाघोडी नगरपालिका वडा नं ११, कैलालीको जनता ब्वायज/ गर्ल्स स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरुको स्काउट अभिमूखीकरण तथा दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ । जनता स्काउट दलका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक श्री तेजबहादुर खातीको अध्यक्षता‌ तथा श्री कान्ति ब्वायज/ गर्ल्सका स्काउट ट्रुपका स्काउट मास्टर तथा घोडाघोडी नगर स्काउटका सदस्यता वृद्धि संयोजक श्री भीमराज अम्मैको प्रमुख आतिथ्यमा सम्पन्न । उक्त स्काउट ट्रुपमा आबद्ध ३२ जना बालबालिकाहरु सदस्यता ब्याजबाट दिक्षित भएका छन् । सो कार्यक्रमको सञ्चालन उक्त स्काउट ट्रुपका स्काउटमास्टर श्री विनोद चौधरीले गर्नु भएको थियो ।