Sudurpashchim

१ दिने लागु पदार्थ दुर्व्यसन विरुद्ध युवा स्काउट परिचालन

नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयोजनामा मिति २०७९ माघ ६ गतेका दिन १ दिने लागु पदार्थ दुर्व्यसन विरुद्ध युवा स्काउट परिचालन सम्बन्धि प्रशिक्षण घोडाघोडी नगरपालिका वडा नं १०, कैलालीको श्री कान्ति राज्य लक्ष्मी माध्यामिक विधालयमा एक कार्यक्रमबिच सम्पन्न भएको छ । कान्ति स्काउट दलका अध्यक्ष तथा श्री कान्ति राज्य लक्ष्मी मा. वि.का प्रधानाध्यापक श्री उमाकान्त मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गौरीगंगा नगरपालिका स्काउट सदस्यता वृद्धि संयोजक तथा स्काउट मास्टर श्री पुष्कर अवस्थीले कान्ति ब्वायज/ गर्ल्स ट्रुपमा आबद्ध ६४ जना बालबालिकाहरुलाई प्रशिक्षण दिनु भएको थियोे । उक्त प्रशिक्षण कार्यक्रमलाई सहजिकरण स्काउट मास्टर तथा घोडाघोडी नगरपालिका स्काउट दस्यता वृद्धि संयोजक श्री भीमराज अम्मैले गर्नु भएको थियो ।