Sudurpashchim

Surf Smart 2.0 Training सम्पन्न

माघ १०,

नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयोजनामा आयोजित Surf Smart 2.0 Training of Trainers (TOT) Program कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिकामा स्थित साना किसान सहकारी संस्थाको सभाहलमा समापन भएको छ । उक्त तालिमको अध्यक्षता सुदूरपश्चिम प्रदेश तदर्थ समिति सदस्य श्रीमती खुसरामी चौधरी, प्रमुख अथिति वेदकोट नगरपालिका,कञ्चनपुरका मेयर तथा स्थानिय स्काउट संरक्षक श्री अशोक कुमार चन्द, स्थानिय स्काउट समिति संयोजक श्री हेमराज जोशिको आथित्यमा समापन भएको छ । उक्त तालिममा सुदूरपश्चिम प्रदेशका ३१ जना स्काउटर उपस्थित रहेकामा २४ जना स्काउट मास्टर र स्काउटमा आबद्ध स्वयंसेवकहरुले Surf smart 2.0 training लिएका छन् ।