Sudurpashchim

श्री पञ्चोदय माध्यमिक विधालयमा ‘मास्क बैंक’ अभियानको थालनी

धनगढी, चैत्र-१०
नेपाल स्काउटको सहकार्य र युनिसेफ नेपालको सहयोगमा विधालयमा मास्क सुनिश्चितता कार्यक्रम नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशको आयोजनामा श्री पञ्चोदय माध्यमिक विधालयमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता स्थानिय स्काउट तदर्थ समिति धनगढी उप- महानगरपालिका संयोजक श्री रामचन्द्र जोशीले गर्नु भएको थियोे भने प्रमुख अथिति धनगढी उप- महानगरपालिका-५ का वडा अध्यक्ष श्री हिरा सिह पातली,विशिष्ट अथिति नेपाल उपभोक्ता संरक्षण महासंघ प्रदेश सचिव श्री बल बहादुर साउद,सोही विधालयका प्रध्यानाध्यापक श्री हरिस ओझा रहनु भएको थियो साथै विधालय व्यवस्था समिति सदस्यहरु,शिक्षक अभिभावक संघका पदाधिकारीहररूको उपस्थितिमा कार्यक्रम समापन भएको छ ।

धनगढी उप- महानगरपालिका-५ का वडा अध्यक्ष श्री हिरा सिह पातलिले नेपाल स्काउटले सुरुवात गरेको विधालयमा मास्क बैंक स्थापना गर्ने कार्य सराहनीय रहेको बताउदै मास्क सुनिश्चितता कार्यक्रममा मास्क सहयोग गरेकोमा युनिसेफ नेपाललाई धन्यवाद दिनु भएको छ । हामी पहिले नै गर्नुपर्ने काम नेपाल स्काउटले सम्झाई दिएकोमा नेपाल स्काउटलाई धन्यवाद दिनु भएको छ । विधालयमा मास्कको कमि हुन नदिन वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ । कार्यक्रमका विशिष्ट अथिति श्री बल बहादुर साउदले मास्क बैंक स्थापना कार्यक्रम प्रत्येक विधालयमा गर्दा कोभिड-१९ संक्रमण रोकथामका साथै अन्य सरुवा रोगहरु लाग्न बाट बच्ने कुरा बताउनु भयो ।

विधालयका प्रधानाध्यापक श्री हरिश ओझाले प्रदेश स्काउट कार्यालयका साथै युनिसेफ नेपाललाई धन्यवाद दिनु भयो । यश कार्यक्रमको उदेश्य मनोननिय,सोचनिय रहेको हुनाले मास्कको उचित प्रयोग गरि विभिन्न संधसंस्था,दातृनिकाय,व्यापारी,उपमहानगरपालिका,वडा कार्यालयलाई समेत जानकारि गराई मास्क बैंक स्थापनामा सहयोगको अपिल गर्ने कुरामा जोड दिनु भयो । यस्ता किसिमका कार्यक्रम प्रदेश स्काउट कार्यालयले फेरि ल्याउदै जावस् भन्दै विधालयमा आजकै दिनबाट मास्क बैंक स्थापना भएको कुरा घोषणा गर्नु भएको छ ।